Samriddhipost
२०८१ मङि्सर ११ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ३० गते शनिबार

नसर्ने राेग र लागु औषध नियन्त्रण गर्न स्वास्थ्य संग साहित्य कार्यक्रम । साहित्यकाे माध्यम अति उपयाेगि हुने सहभागिकाे  धारणा ।

नसर्ने राेग र लागु औषध नियन्त्रण गर्न साहित्यका माध्यम बाट प्रवर्द्धन कार्यक्रम सम्पन्न भएकाे छ । शनिवार प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र कंचनपुरकाे आयाेजनामा भएकाे कार्यक्रम विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि र लागु औषध नियन्त्रण अभियानकर्ताकाे सहभागितामा सम्पन्न भएकाे छ ।

कार्यक्रममा सहभागी भएका दर्जन बढि साहित्यकारहरुले आफ्ना मुक्तक,गजल, कबिता, नाटक र गितहरु प्रस्तुत गरेका थिए । सहभागी मध्ये तीन जना साहित्यकार ज्ञानु शाही, मिना बुढा, सुवासचन्द्र भण्डारि सम्मानित समेत भएका छन । यस्तै प्रमाणपत्र सहित धुम्रपान अभियन्ता मदन चन्द पनि सम्मानित हुनुभएकाे छ ।

साहित्यकारहरुले नसर्ने राेग र लागु औषध नियन्त्रण गर्न जनचेतना फाैलाउने खालका आफ्ना प्रस्तुति राखेका थिए । केहिले थारु र डाेटेलि भाषामा समेत आफ्ना प्रस्तुति राखेका थिए ।
स्वास्थ्य प्रवद्र्धनलाई नयाँ आयाम र नयाँ तरिकाले लैजान र स्वास्थ्य हेरचाहलाई रुचिकर बनाउन साहित्य सङ्ग जोडेर जनसमुदायलाई सचेत र जिम्मेवार गराउन कार्यक्रमको आयोजना गरिएको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काले बताए । “पछिल्लो समय प्रदेशमा नसर्ने रोग व्यापक रूपमा देखिएका बेला साहित्य सृजना का माध्यम बाट जनचेतना अभिवृद्धि गरी स्वस्थ जीवन शैली यापन गर्ने अभ्यास गराउन कार्यक्रमको आयोजना गरेका हौँ।” उनले भने ।
कार्यक्रमका सहभागिहरुले साहित्य सबैले रुचाउन सक्ने बिषय भएकाे विभिन्न उदाहरण दिदै, दक्षिण अफ्रिकामा एड्स जस्ताे राेग समेत साहित्यका माध्यमबाट नियन्त्रण गर्न सफल भएकाे बताउदै, सुदुरपश्चिममा लागुऔषध र नसर्ने राेगहरुकाे बिकराल अवस्था रहेकाेमा साहित्यका माध्यम बाट जनचेतना फैलाएर राेगहरु नियन्त्रण प्रवर्धन अति उपयाेगि हुने धारणा राखेका छन ।

कार्यक्रममा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान उपकुलपति टिएन जाेशी प्रमुख अथिति, विशिष्ट अतिथि तिर्थराज पाण्डेय, राष्ट्रिय लाेक सास्कृतिक प्रतिष्ठान अध्यक्ष लिला जाेशी,
साहित्यकार तथा गाेदावरि धाम बिकास समिति अध्यक्ष  पदम राज जाेशी, ज्याेतिष मणिराम जाेशी, सुदुरपश्चिमान्चल साहित्य समाजका गणेश नेपाली, कैलाली जन पुस्तकालयका महासचिव टंक जाेशी, धुम्रपान अभियन्ता मदन चन्द, जनस्वास्थ्य निरिक्षक उत्तम उपाध्याय,  लगायतकाे आथित्यता थियाे भने अध्यक्षता प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र प्रमुख हेमराज खड्का ले गरेका थिए कार्यक्रम संचालन सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनारले गर्नु भएकाे थियाे ।


#नसर्ने राेग नियन्त्रण प्रवर्धन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>