Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख ३१ गते आइतबार

फरार सान्सद टाेप बहादुर रायमाझी ११ दिनपछि पक्राउ ।

नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार रहेका एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी आज पक्राउ परेका छन् । फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । दुई साताअघि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपनि आत्मसमर्पण गर्न प्रहरीले सहजीकरण गरेपछि झुक्याउँदै उनी फरार भएका थिए । 

गत २० बैशाखमा गृहजिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको सार्वजनिक भएको थियो । त्यस दिन काठमाडौं गएर प्रहरीलाई सघाउने उनले बताएका थिए । तर, त्यो दिन काठमाडौं आएनन् । भोलिपल्ट पक्राउ गर्न प्रहरी टोली गएकोमा आफैं प्रहरीमा उपस्थित हुने भन्दै पक्राउ नगर्न आग्रह गरेपछि प्रहरी टोली फर्किएको थियो । 

प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए । उनका छोरा सन्दीपलाई भने २० बैशाखमै प्रहरीले पक्राउ गरिसकेको छ । रायमाझी बाबु–छोराले बिचौलिया गिरोहबाट पटक–पटक पैसा लिएको पुष्टि भएपछि पक्राउ पूर्जी जारी भएको थियो । 

सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण चार दिनदेखि हिरासतमा छन् । सात बिचौलियासहित यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>