Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० जेठ ०१ गते सोमबार

जनमोर्चाकाे ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ कंचनपुरबाट सुरु ।

राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आजबाट सुरु गर्दैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार जेठ १– १५ गतेसम्म सम्म सञ्चालन हुने सो अभियानको आज मुल दुई स्थानमा उद्घाटन हुँदैछ । 

जसअनुसार कञ्चनपुरको महेन्द्रनगर तथा बागलुङमा सो अभियानको अलग अलग उद्घाटन गरिने महासचिव महासचिव मनोज भट्टले जानकारी दिए । उनका अनुसार महेन्द्रनगरबाट सुरु हुने अभियानको स्वयं महासचिव भट्टले नेतृत्व गर्नेछन् भने बाग्लुङबाट सुरु हुने अर्को अभियानको नेतृत्व उपाध्यक्ष दुर्गा पौडेलले गर्नेछिन् । 

यसैगरी,२ उपटाेलिले पनि अभियान चलाउने छन । बाग्लुङबाट सुरु हुने  अर्को टोलीको नेतृत्व युवा नेता कृष्ण अधिकारीले र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने गरी कार्यक्रम तय गरिएको उनले जानकारी दिएका छन् । 

अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतराका देखिएको भन्दै जेठ १ वाट जनजागरण अभियान सञ्चालन गर्न लागेको महासचिव भट्टले जानकारी दिए । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका परियोजनाबाट अमेरिकाले नेपालमा आन्तरिक हस्तक्षेप बढाएको जनमोर्चाको निष्कर्ष रहँदै आएको छ । 

सो अभियानका क्रममा देशैभरि सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटसहित सडक अन्तर्क्रियाका कार्यक्रम हुनेछन् । जेठ १५ गते एकै दिन बुटवल र काठमाडौँमा विशेष कार्यक्रमका साथ अभियान समापन गरिनेछ ।


#जनमाेर्चा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>