Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ०२ गते मङ्गलबार

पुर्वपश्चिम राजमार्गकाे अत्तरिया चिसापानी खण्ड स्तराेन्नति हुने तयारि ।
फायल फाेटाे

कैलालीमा अत्तरियादेखि चिसापानीसम्म सडक सुधार तथा स्तरोन्नतीका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले काम थालेको छ। अत्तरिया चोकदेखि चिसापानीसम्मको सडकमा सडक सुधार तथा स्तरोन्नतीको काम अघि बढाइएको छ।

अत्तरियादेखि लम्कीसम्म ६५ किलोमिटर सडकको सुधार र आवश्यक स्तरोन्नतीका लागि चालु आर्थिक वर्ष सुरु भएदेखि नै सामान्य सुधार र मर्मतको काम भइरहेको छ। सो खण्डमा पाइलेटिङ प्रोजेक्टको रुपमा गत वर्ष नै काम पुरा भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका ईन्जिनियर एवं सूचनाअधिकारी पियुष चटौतले बताए।

उनकाअनुसार सो खण्डमा अहिले सामान्य मर्मतको काम भइरहेको छ। मर्मत सुधारको जिम्मा लिएको कम्पनीले जेठभित्र काम पुरा गरिसक्ने गरी सम्झौता भएको उनले बताए। त्यस्तै लम्कीदेखि चिसापानीसँग यो वर्षको सुरुदेखि नै चार पटक ठेक्का खाेलियाे तर कसैको पनि आवेदन परेन्।

पौने चार करोडको सो प्रोजेक्ट निर्माणमा कुनै पनि निर्माण कम्पनीले इच्छा नदेखाएपछि सडक विभागले नेपालगन्ज डिभिजनले काेहलपुर चिसापानि खण्डकाे केही भागमा प्रयाेग गरेकाे एसफाल्ट  (रोडा र अलकत्रालाई तताएर सडक निर्माण गरिने प्रबिधि) जान हालै मात्र नोटिस जारी भएको इन्जिनियर चटौतले जानकारी गराए। ‘यस्तो टेक्नोलोजीमा जान सूचना जारी भएको छ, १२/१५ दिन अझै यसको म्याद भएकाले ठेक्का खुलेपछि पहिले प्राविधिक मुल्यांकन गरेर त्यसपछि आर्थिक मुल्यांकन हुन्छ र काम अघि बढ्छ।’


#सडक मर्मत

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>