Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ०४ गते बिहिबार

एचआईभीएड्स संक्रमित तथा प्रभावित व्यक्तिहरुका लागि स्थानीय सरकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

एचआईभीएड्स संक्रमित तथा प्रभावित व्यक्तिहरुका लागि स्थानीय सरकारसँग स्रोत व्यवस्थापन तथा पैरवी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बुधबार कञ्चनपुरको महेन्द्रनगर स्थित चेतन होटलमा राष्ट्रिय एचआईभी तथा एड्स महासंघ  (एनएपिएन) को सहयोगमा नव आशा कञ्चनपुरको आयोजनामा एचआईभीएड्स संक्रमित तथा प्रभावित व्यक्तिहरुका लागि स्थानीय सरकारसँग स्रोत व्यवस्थापन तथा पैरवी अन्तरक्रिया कार्यक्रम गरिएको नव आशा कञ्चनपुरका कार्यक्रम संयोजक भीष्म देव भट्टले बताउनु भयो।

कार्यक्रममा एचआईभीएड्स बाट संक्रमित व्यक्तिहरुको देशभर र सुदूरपश्चिम प्रदेश ,जिल्ला कञ्चनपुर लगायत पालिकाहरु मा के एचआईभीएड्स संक्रमित व्यक्तिहरु को कस्तो किसिमको अवस्थ छ, जसमा खेप्नुपरेको समस्या ,चुनौतीबारेमा नव आशा कञ्चनपुरका सल्लाहकार संयोजक देवराज बडुले प्रस्तुतीकरण गर्नु भएको थियो।

एचआईभीएड्स बाट संक्रमित भएका व्यक्तिहरुले लाई कञ्चनपुरका केही पालिकाले राहतको केही सहयोग गरेको छ भने आगामी आर्थिक वर्षमा  शिक्षा स्वास्थ्य र पोषण अति नै महत्त्वपूर्ण हुने भएकाले यसको व्यवस्थापन संगै नीति तथा कार्यक्रमको तय गरि स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता समावेश गर्नु पर्ने माग राखेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भीमदत्त नगरपालिका मेयर पदम बोगटीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम योजना ल्याउने र पालिका बाट निर्णय गरेर एचआईभीएड्स संक्रमित व्यक्तिहरु लाई मध्यनजर गर्दै निरन्तर पालिकाको सहयोग रहने समेत प्रतिबद्धता जाहेर गर्नु भएको छ।

नव आशा कञ्चनपुर कार्यसमिति अध्यक्ष अर्जुन नेपालीको सभापतित्वमा , प्रमुख अतिथि भीमदत्त नगरपालिका मेयर पदम बोगटी , विशिष्ट अतिथि उपप्रमुख निलम लेखक जोशी , अतिथि भीमदत्त नगरपालिकाका १९ वडाका अध्यक्ष ,भीमदत्त स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशी , भिम बहादुर महरा, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ  सुदूरपश्चिम प्रदेश संयोजक हेमन्त राज ओझा नव आशा कर्मचारी, कार्यसमिति पदाधिकारी ,सेवाग्राही लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम सञ्चालन नव आशा कञ्चनपुरका कार्यक्रम संयोजक भीष्म देव भट्टले गर्नु भएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>