Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ०४ गते बिहिबार

लालझाडि ५ मा तिनतले स्वास्थ्य भवन बन्दै, कृष्णपुर वासिलाई समेत सुबिधा पुग्ने ।

कंचनपुर जिल्लाकाे लालझाडि गाउँपालिका ५ मा स्वास्थ्य भवनकाे शिलान्यास भएकाे छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापा, देखतभुली स्वास्थ्य चौकी ईन्चार्ज उमाकान्त झा, निर्माण कम्पनि प्रतिनिधि लगायत स्थानिय सरोकारवालाहरुको उपस्थितिमा शिलान्यास कार्यक्रम भएकाे हाे ।

याे भवन निर्माण पछि स्वास्थ्य चाैकिबाट थप सहजरुपमा सेवा दिन सकियाेस र केही सेवाहरु थप्न गर्न सकियाेस भन्ने उद्देश्यले भवन निर्माण अगाडि सारेकाे पालिका अध्यक्ष निर्मल राना बताउछन ।

लालझाडी-५ का जनताको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर देखतभुली स्वास्थ्य चौकीलाई थप सुविधा सम्पन्न बनाउने र छिट्टै एम्बुलेन्सको सेवा सञ्चालन मा ल्याउने लालझाडी वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छ्न् ।

शिवललिङ्ग शिवशंकर निर्माण कम्पनिले एकराेड चाैरानब्बे लाख एक हजार पाँच सय छ्यासठ्ठि रुपैया छत्तिस पैसामा ठेक्का जिम्मा लिई २०८१ साल बैशाख २७ गते सम्म निर्माण गर्ने समय रहेकाे छ । निर्माण कम्पनि प्रतिनिधिले निर्माण कार्य समयमै सक्ने बताएका छन ।

याे भवन बनेबाट लालझाडिका मात्र नभई कृष्णपुर नगरपालिका ३ का स्थानिय लाई समेत स्वास्थ्य सेवा लिन सहज हुने स्थानिय अम्मर सिह धामि बताउछन ।


#स्वास्थ्य भवन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>