Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ०५ गते शुक्रबार

बिपद ब्यावस्थापन गर्न लालझाडिमा खाेज उद्धार तालिम संचालन ।

लालझाडि गाँउपालिकामा रहेका विपद व्यवस्थापन समितीका सदस्यहरुको लागी आधारभुत खोज तथा उद्धार सम्वन्धि तालमि सञ्चालन गरिएको छ ।

कञ्चनपुरको लालझाडि गाँउपालिकामा रहेका विपद व्यवस्थापन समितीका सदस्यहरुको लागी चार दिने आधारभुत खोज तथा उद्धार सम्वन्धि तालमि सञ्चालन गरिएको हो ।  विपदको समयमा काम गर्न सकिन्छ भन्ने उद्देश्यले आर्थीक विकास मार्फत विपद जोखिम परियोजना (एमरेड) ले निडस नेपाल तथा मर्सिक्रोप्सको सहकार्यमा उक्त चारदिने तालीमको आयोजना गरेको हो ।

तालीममा लालझाडि गाँउपालिका वडा नम्वर १ र २ का ४ वटा विपद व्यवस्थापन समितिका २४ जना सहभागि रहेका छन । लालझाडि गाँउपालिकामा विपद जोखिमले अलि वढी नै क्षती गर्ने गरेको हुदा यस तालिमले विपदको समयमा जोखिममा परेका नागरिकलाई उद्धार गर्न सहयोग पुग्ने निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले वताउनु भयो । साथै  उहाले यो तालिम लिईसकेका व्यक्तहिरुले विपद आईसके पछी समुदायको हितका लागी काम गर्ने समेत वताउनु भयो ।
यसका साथै रेडक्रस , निडस नेपाल तथा मर्सिक्रोप्सको सहकार्यमा लालझाडि गाँउपालिका वडा नम्वर १ मा वडा स्तरीय पुर्व अनुमानमा आधारीत पुर्व कार्य सम्वन्धि अभिमुखिकरण तथा पुर्व सुचना प्रणली सयन्त्र निर्माण कार्यशाला गोष्ठीको समेत आयोजना गरिएको छ । उक्त गोष्ठी बाट विपद जोखिम न्युनकरणका लागी कार्य गर्न पुर्व सुचना कार्यदल, विपद व्यवस्थापन समिति, खोज तथा उद्धार समिति गठन गरिने छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>