Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ०६ गते शनिबार

मायामेट्राेकि डाक्टर मृत्यु प्रकरणमा एक जना पक्राउ । प्रारम्भिक अनुसन्धान सुरु गरे प्रहरी ।

धनगढीमा डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चिकित्सक मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको हो।

मायामेट्रो अस्पताल धनगढीमा कार्यरत २६ वर्षीया डाक्टर प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएपछि घटनाको अनुुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीसँग सोधपुछ गर्ने काम भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दका अनुसार मृतकका परिवारले किटानी जाहेरी दिएपछि केसी शनिबार विहान आफैं प्रहरी कार्यालय आएका थिए। चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डाक्टर सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ।

प्रहरी प्रवक्ता चन्दले जाहेरी दर्ताको प्रक्रियामा रहेको बताए। प्रहरीले चिकित्सक मृत्यु प्रकरणको विषयमा प्रारम्भिक अनुसन्धानको प्रक्रियालाई अघि बढाएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>