Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ०६ गते शनिबार

महेन्द्रनगर नगरबिकास घाेटाला छानविन गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टिकाे आमरण अनसन हुने ।

कञ्चनपुरको महेन्द्रनगर नगर विकास घोटाला काण्ड बिरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने घोषणा गरेको छ । 

मोहन बैद्य(किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले नगर विकासको जमिन घोटाला काण्ड बिरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो । 

नगर विकास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले वेवास्था गरिरहेको भन्दै क्रान्तिकारीले राज्यको सम्पत्ती जोगाउनका लागि क्रान्तिकारी पार्टीले दवावमुलक आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । 

शनिबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुरले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नगर विकास जमिन घोटाला गर्ने गिरोहमाथि कार्बाहीको माग अघि सारेर आमरण अनसन सहितका आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुरका तर्फबाट हरिस दयाल, हरि सुवेदी लगायतका नेताहरुले महेन्द्रनगर गुरु योजना बिरुद्धमा जमिन घोटाला गर्नेमाथि अहिलेसम्म कार्बाही नभएकाले सरकारलाई दवाव दिनका लागि ७ जेठदेखि आमरण अनसन सहितका संघर्षका कार्यक्रम गर्ने बताएका छन । 

तत्तकालिन नेकपा बहुमत जिल्ला इन्चार्ज सहेत रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता हरिस दयालले विगतदेखि नगर विकास घोटाला काण्ड बारे पार्टीले आवाज उठाउँदै आएको र अहिले पनि संघर्षका कार्यक्रम गर्न बाध्य भएको बताए । 

तत्तकालिन नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुरका इन्चार्ज एव क्रान्तिकारी कम्युनिष्ट पाटी नेपालका नेता हरि सुवेदीले राज्यको सम्पत्तीमाथि दोहन गर्नेलाई पार्टीले कानुनी कठघरमा उभ्याउनका लागि निर्मम संघर्षममा उत्रिएको बताए । क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरले अख्तियारले नगर विकास जमिन घोटाला प्रकरणमा दोषी ठहर गरेका व्यक्तिलाई कार्बाही गर्नुपर्ने, कानुन विपरित वितरण भएका जमिन फिर्ता हुनुपर्ने, नगर विकास समिति गठन पुर्व लामो समयदेखि बस्दै आएका खोकाछाप्रा कतै जमिन भएकाको हकमा छानबिन गरेर उनीहरुको जायज माग सम्बोधन गर्नुपर्नेमा जोडदिएका छन । नेता ऐरले आमरण अनसन बस्ने स्थान छनौट भएको तर महेन्द्रनगरमै हुने बताए । गत २ कार्तिक ०७९मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास जमिन घोटाला प्रकरणमा तत्तकालिन अध्यक्षत्रय पल्टु राना, पुष्कल चौधरी, गोपाल रसायी सहितका सदस्य सचिव कर्मचारी बिरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नगर विकास समितिको नाममा रहेको ६सय ३८विगाह ६कट्टा ८ धुर जमिन गैर कानुनी रुपमा गुरु योजना मिचेर सरकारी, सार्वजनिक एव निजी व्यक्तिलाई वितरण गरेपछि त्यसको बिरोधमा पटक पटक राजनीतिक दल, युवा विद्यार्थी एव स्थानीयबाट आन्दोलन भएको थियो । यस अघि क्रान्तिकारी पाटीले सृजनात्मक आन्दोलन गर्न थालेपछि जनताले समेत साथ दिने जनाएका छन ।


#महेन्द्रनगर नगरबिकास घाेटाला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>