Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० जेठ ०७ गते आइतबार

सिमानामा बसोबास गर्ने स्थानियहरुकाे सुरक्षा अवस्था बुझ्न दोधारा चाँदनीका मेयर लिम्बु दशगजा क्षेत्रमा ।

सिमा क्षेत्रमा स्थानियहरुको समस्या बुझ्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु दशगजा क्षेत्रमा बसोबास गर्ने स्थानियहरु संग भेट गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु शनिवार दोधारा चाँदनी नगरपालिका– १० को अठार नम्वर पिल्लर बस्ती र कुतियाकवर बस्तीमा पुगेका हुन् ।

मेयर लिम्बुले नेपाल–भारत सिमा क्षेत्रमा बसोबास गर्ने स्थानियहरु संग भेट गरि सिमा क्षेत्रमा हुने समस्याको बारेमा जानकारी लिएका छन् । बेलाबखत भारतिय पक्षले नेपालीहरुलाई गर्ने गरेको ज्यादतीको बारेमा स्थानियहरु संग छलफल गरेका छन् । सिमा क्षेत्रमा हुने गरेको समस्यालाई निर्मुल गर्न स्थानिय सरकारले गर्न सक्ने पहलको बारेमा दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले स्थानियहरु संग छलफल समेत गरेका हुन् ।
सिमा क्षेत्रलाई शान्तीमय बनाउन दोधारा चाँदनी नगरपालिकाले चाडै कार्यक्रम संचालन गर्ने समेत मेयर लिम्बुले जानकारी दिएका छन् ।

स्थानियहरुले सिमा क्षेत्रको सिमाकंन गर्नु पर्ने माँग राखेका छन् । सिमा क्षेत्रमा सुरक्षाको ब्यवस्था संगै बाढीको समस्या निकै जटिल रहेको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुलाई स्थानियहरुले सुनाएका छन् । सिमा क्षेत्रमा बेलाबखत हुने अशान्तीलाई निर्मुल गर्न सिमा क्षेत्रमा चौबिसौं घण्टा नेपाली सुरक्षाकर्मीहरुको तैनाती जरुरी रहेको अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुले बताएका छन् । स्थानियहरु संग भेट गरे संगै दोधारा चाँदनीका मेयर लिम्बुले भारतिय सिमा सुरक्षा बल (एसएसबी) संग सिमा क्षेत्रको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>