Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० जेठ ०७ गते आइतबार

सिमानामा बसोबास गर्ने स्थानियहरुकाे सुरक्षा अवस्था बुझ्न दोधारा चाँदनीका मेयर लिम्बु दशगजा क्षेत्रमा ।

सिमा क्षेत्रमा स्थानियहरुको समस्या बुझ्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु दशगजा क्षेत्रमा बसोबास गर्ने स्थानियहरु संग भेट गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु शनिवार दोधारा चाँदनी नगरपालिका– १० को अठार नम्वर पिल्लर बस्ती र कुतियाकवर बस्तीमा पुगेका हुन् ।

मेयर लिम्बुले नेपाल–भारत सिमा क्षेत्रमा बसोबास गर्ने स्थानियहरु संग भेट गरि सिमा क्षेत्रमा हुने समस्याको बारेमा जानकारी लिएका छन् । बेलाबखत भारतिय पक्षले नेपालीहरुलाई गर्ने गरेको ज्यादतीको बारेमा स्थानियहरु संग छलफल गरेका छन् । सिमा क्षेत्रमा हुने गरेको समस्यालाई निर्मुल गर्न स्थानिय सरकारले गर्न सक्ने पहलको बारेमा दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले स्थानियहरु संग छलफल समेत गरेका हुन् ।
सिमा क्षेत्रलाई शान्तीमय बनाउन दोधारा चाँदनी नगरपालिकाले चाडै कार्यक्रम संचालन गर्ने समेत मेयर लिम्बुले जानकारी दिएका छन् ।

स्थानियहरुले सिमा क्षेत्रको सिमाकंन गर्नु पर्ने माँग राखेका छन् । सिमा क्षेत्रमा सुरक्षाको ब्यवस्था संगै बाढीको समस्या निकै जटिल रहेको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुलाई स्थानियहरुले सुनाएका छन् । सिमा क्षेत्रमा बेलाबखत हुने अशान्तीलाई निर्मुल गर्न सिमा क्षेत्रमा चौबिसौं घण्टा नेपाली सुरक्षाकर्मीहरुको तैनाती जरुरी रहेको अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुले बताएका छन् । स्थानियहरु संग भेट गरे संगै दोधारा चाँदनीका मेयर लिम्बुले भारतिय सिमा सुरक्षा बल (एसएसबी) संग सिमा क्षेत्रको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>