Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ०७ गते आइतबार

अटाेमा छुटेका लाखाैकाे घनमाल फिर्ता गर्ने अटाे चालक कुवँर बने उदाहरण ।

पछिल्लो समय नेपालमा अधिकांश मानिसहरुमा इमान्दारिता घट्दो क्रममा रहेका बेला महेन्द्रनगरका अटो चालक तथा मझगाउँ सिर्जना ग्याँसका सञ्चालक अमर बहादुर कुँवरले आफ्नो अटोमा सुनका गहाना सहित भेटाएको धनमालको झोला प्रहरी मार्फत पिडित पक्षलाई इमान्दारिता पुर्वक बुझाएका छन् ।

शुक्रवार कुँवरको अटोमा सवार गरेकी बेदकोट नगरपालिका दैजी बस्ने आइषा दमाईले गहाना सहितको थैली अटोमै छुटेकाले प्रहरीमा निवेदन दिएकि थिईन । आटो चालक कुँवरले भोली पल्ट विहान आटो धुने क्रममा थैली फेला पारे र घर नजिकैको मझगाउँ प्रहरी बिटलाई गहानाको थैली बारे जानकारी गराए । प्रहरी बिटका इन्चार्ज धन बहादुर पाली त्यहाँ पुगे र उनले जिल्ला प्रहरी कार्यालयमा हराएको समान खोजिदिने बारे निवेदन परेको जानकारी कुँवरलाई गराए । अटो चालक कुँवर र मझगाउँ प्रहरी बिट इन्र्चाज पाली जिल्ला प्रहरी कार्यालय समान सहित पुगे त्यति बेला सम्म प्रहरीले निवेदनकर्ता आइषा दमाईलाई त्यहाँ बोलाइ सकेका थिए ।

प्रहरीले आइषा दमाईको समान हो हैन भन्ने प्रमाणि गर्यो र पिडित उनलाई हस्तान्त्रण गरायो । उनले आफुलाई हस्तान्त्रण गरेको आफ्नो समान फेला परेपछि दंङ्ग भईन इमान्दारिता गुमेको समयमा यस्तो इमान्दारिताले समान दिने चालककाे  प्रहरी र स्थानीयले प्रशंसा गर्न थालेका छन् । सबै नागरिकले इमान्दारिता कायम गर्ने हो स्वर्ग यहि प्राप्त गर्न सकिने पत्रकार भास्कर केसि बताउनुहुन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>