Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ०९ गते मङ्गलबार

नेपाल भारत सुरक्षा निकायकाे बैठक महेन्द्रनगरमा सम्पन्न, यस्ता छन निर्णय ।

नेपाल भारत दुवै देशका सीमा सुरक्षाकर्मीविच समन्वयात्मक बैठक कंचनपुरमा सम्पन्न भएको छ । सोमबार भीमदत्त नगरपालिका महेन्द्रनगरमा नेपाल भारत दुवै देशका सीमा सुरक्षाकर्मीविच समन्वयात्मक बैठक सम्पन्न भएको हो । 

सशस्त्र प्रहरी बल नेपाल(एपिएफ) र भारती सीमा सीमा सुरक्षा बल(एसएसबी) सीमा बैठकले दर्जनौँ विषयमा छलफल गरेका छन । सशस्त्र प्हरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहनीका सुचना अधिकारी किशार ढुङ्गानाले दुवै देशका सीमा सुरक्षा उच्च अधिकारीविच सीमा अपराध नियन्त्रणदेखि तस्करी नियन्त्रणका विषयमा निर्णय भएको बताए । 

नेपालका तर्फएबाट सशस्त्र प्रहरी बल नेपाल ७ बैद्यनाथ बहानी अत्तरियाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको अध्यक्षतामा भएको बैठकमा दुवै देशका सीमा सुरक्षा अधिकारीविच सीमा अपराध नियन्त्रण गर्ने, मानव तस्करी रोकथाम, सीमा स्तरम्भको सुरक्षा, कोडिभ १९ महामारी रोकथाम, लागु औषध, हातहतियार तथा विष्पोटक पदार्थ ओसारपसार नियन्त्रण, जानी नोट मुद्दाको कारोबारमा नियन्त्रण, अवैध समान ओसारपसारमा नियन्त्रण, सुचना आदान प्रदान सहितका विषयमा सहमती भएको छ । 

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआईजी) कुमार न्यौपाने र भारतका तर्फबाट सीमा सुरक्षा बल(एसएसबी)का पिलिभित सेन्टर कमाण्डर डिआईजी अजय कुमार, अल्मोडा सेन्टरका कमाण्डर डिआईजी डिएन बम्बेको उपस्थितिमा भएका निर्णय दुवै देशका सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र सीमा सुरक्षा बललाई कार्यान्वयनका लागि निर्देशन दिने जनाईएको छ । आगामी दिनहरुमा समेत सशस्त्र प्रहरी बल(एपिएफ) र सीमा सुरक्षा बल(एसएसबी)विच आवश्यकता अनुरुप समन्वयतात्मक बैठक बसेर सीमा क्षेत्र थप सुरक्षित पार्ने सहमती जनाएका छन । 

बैठकमा नेपालबा तर्फबाट सशस्त्र प्रहरी बलका डिआईजी कुमार न्यौपाने सहित एसएसपी किरण ढुङगाना सशस्त्र प्रहरी उपरीक्षक(एसपी)हरु बिरसिह शाहु, बिरेन्द्र सिह ऐर, डम्बर विष्ट, राजु गौतम, प्रेम रावल, रामहरी अधिकारी र भारतका तर्फबाट सीमा सुरक्षा बलका डिआईजीद्वय डिएन बम्बे, अजय कुमार, कमानडेन्ट देवेन्द्र, सेकेन्ड कमानडेन्ट अनिल कुमार, सुरेन्द्र शर्मा सहितका अधिकारी सहभागि भएका थिए । 

कोरोना महामारीपछि दक्षिण एसियामा नेपाल भारतमा समेत अर्थतन्त्र धरासायी बनिरहेका बेला भन्सार राजस्व बृद्धिका लागि सीमावारपार चोरी तस्करी नियन्त्रणमा दुवै देशका सीमा सुरक्षा बलले जोडदिएसंगै तस्करी नियन्त्रण हुने अपेक्षा गरिएको छ ।


#नेपाल भारत सुरक्षा कर्मिकाे बैठक

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>