Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८० जेठ ११ गते बिहिबार

गाेकुलपुरकाे एक ग्यारेजमा लाग्याे आगाे अनुसन्धान गर्दै प्रहरी ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ स्थित गोकुलपुर बजारमा रहेको एक ग्यारेजमा आगलागी भएको छ । गोकुलपुर बजारमा कुल बहादुर चौधरीले सञ्चालन गरेको ट्याक्टर मर्मत गर्ने ग्यारेजमा बिहीबार बिहान ०७:३० बजेको समयमा आगलागी हुँदा त्यहाँ रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको सोही ठाउँ बस्ने लोक बहादुर बटालाले जानकारी दिनु भएको छ ।

सटर बन्द रहेको उक्त ग्यारेजमा बाहिर धुँवाको मुस्लो देखिएपछि सटर खोल्दा त भित्र आगो दन्किरहेको थियोे । स्थानीय व्यवसायी र जनसमुदायको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । प्रतिकूल मौसमका बेला विद्युत् लाइन आउने-जाने गरिरहेकोले सोही समयमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनापछि नेपाल प्रहरीले मुचुल्का उठाएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।


#आगलागी

प्रतिक्रिया