Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ १३ गते शनिबार

हाई अल्ट्युड खप्तड शैलेश्वरि म्याराथनकाे तयारि पूरा

खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ । भू-स्वर्गकारुपमा परिचित खप्तड क्षेत्रमा जेठ १६ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलालाई लक्षित गर्दै हुने (हाई अल्टिच्युट) खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपूर्ण खप्तडलाई हाई अल्टिच्युट म्याराथन प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउने उद्देश्यले सुदूर पश्चिम खेलकुद परिषद् कैलाली र उद्योग वाणिज्य सङ्घ डोटीको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुँदै छ ।

खप्तड क्षेत्रमा ज्येष्ठ १३ गतेबाट सञ्चालन गरिने घोडा दौड,भलिबल र देउडा प्रतियोगिता सञ्चालनका लागी आयोजक र व्यवस्थापकको टिम प्रतियोगिता सञ्चालनका लागी आवश्यक सामाग्री सहित शुक्रवार खप्तड क्षेत्रमा प्रस्थान गरेको उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नरेन्द्र बहादुर खडकाले बताउनुभयो।

जस अनुसार ज्येष्ठ १३ देखि १६ गने सम्म खप्तड क्षेत्रमा भलिबल, देउडा, घोडा दौड प्रतियोगिता सञ्चालन हुने छन् । १६ गते जिल्ला सदरमुकाम सिलगढीको टुँडिखेलमा सुदूर पश्चिमको कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम गरिनुका साथै ज्येष्ठ १७ गते पुरुष हाइ अल्टिच्युट म्याराथन खप्तड देखि डोटीको शैलेश्वरि मन्दिर सम्म, महिला म्याराथन डोटीको झिग्राना देखि शैलेश्वरि मन्दिर सम्म र १७ गते नै प्रतियोगिता समापन गरिने छ ।म्याराथन प्रतियोगिता सञ्चालन अवधि भर सम्भावित जोखिम लाई ध्यानमा राखी हेलिकप्टर गस्ती गरिने भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले जानकारी दिनुभयो ।

खप्तड- शैलेश्वरि म्याराथन ४२ किलोमिटर पुरुष तर्फ प्रथम हुनेले १ लाख २५ हजार, दोस्रो हुनेले ८० हजार, तेस्रो हुनेले ५० हजार नगद र महिला तर्फ प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । हाई अल्टिच्युट म्याराथन प्रतियोगितामा एक सय जना सहभागिता रहने छन् जसमा विदेशी खेलाडीहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ । यस अघि पनि भैरव प्रसाद गण नेपाली सेनाको व्यवस्थापनमा प्रथम खप्तड–शैलेश्वरि म्याराथन प्रतियोगिता २०७९ सम्पन्न भएको थियो ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>