Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
काठमाडौं
२०८० जेठ १३ गते शनिबार

प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा शंखरापुरमा सुरु

प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस काठमाडौंमा सुरु भएको छ । शनिबारदेखि काठमाडौंको शंखरापुर नगरपालिकामा सुरु भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतबारसम्म चल्ने छ ।

साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ । साधारण सभा तथा स्मृति दिवसमा प्रेस सेन्टर नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्य, सात वटै प्रदेश समिति तथा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला समन्वय समितिका अध्यक्षको सहभागिता रहेको संगठनका  अध्यक्ष बिष्णु सापकाेटा जुगलले जानकारी दिनुभयो ।

उदघाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व सभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा, पार्टीका स्थायी समिति सदस्य एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहाल, प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार एवम प्रेस सेन्टर नेपालका सल्लाहकार गोविन्द आचार्यको सहभागिता रहेको छ ।

साधारण सभा तथा स्मृति दिवसको अवसरमा शंखरापुरमा बिहान साढे ७ बजे प्रभातफेरी गरिएको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेको साधारण सभा एवम स्मृति दिवसको बन्दशत्र शनिबार दिउसोबाट सुरु हुनेछ ।

सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर प्रेस सेन्टर नेपालको २०६१ सालमा स्थापना भएको हो ।

संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा एक सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोस्रो पूर्ण बैठकबाट संगठनको महासचिवमा सन्तोष पौडेलसहित एक बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, एक कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गरेको थियो ।


#प्रेस सेन्टर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>