Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ १३ गते शनिबार

महेन्द्रनगर नगरबिकास जग्गा घाेटाला छानविनकाे माग राखेर अनसन बसेका २ जना अस्पताल भर्ना ।

महेन्द्रनगर नगर विकास समितिको जग्गा घोटालामा संलग्नलाई कारवाहीको माग गर्दै आमरण अनशन बसेका दुई जनाको स्वास्थ्यमा समसया देखिएपछि अस्पताल भर्ना भएका छन् । उनीहरुलाई शनिबार विहान मन्त्र अस्पातलमा भर्ना गरिएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जग्गा घोटालामा संलग्न सबैमाथि छानबिन गरी कारवाहीको माग गर्दै एक साता अघि मदनचोकस्थि पिपलचौतारामा आमरण अनशन सुरु गरेको थियो । आमरण अनशन बसेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका दिल बहादुर विक(निरज), जय बहादुर रोकाया र दिपेन्द्र सिह ऐरीमध्ये विक र ऐरीको स्वास्थ्यमा समस्या आएको हो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य हरि सुवेदीले स्वास्थ्यमा समस्या आएपछि दुबै जनालाई अस्पताल भर्ना गरिएको बताए । उनीहरु बाहेक तेस्रो रोकायाको पनि स्वास्थ्यमा समस्या देखिएको नेता सुवेदीले बताए ।

‘नगर विकास समितिको जग्गामा व्यापक घोटाला गरिएको छ, त्यसको छानबिन गरी त्यसमा संलग्नलाई कारवाही हुनु पर्ने हाम्रो माग हो, कारवाही नभएसम्म अनशन बस्छौ, अनशन बस्दा साथीहरुको स्वास्थ्यमा समस्या आयो’ उनले भने,‘माग पूरा नभएसम्म अनशन रोकिँदैन ।’

क्रान्तिकारी कम्युनिष्ट पार्टीले आमरण अनशन अघि पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेको थियो । आईतबार मदनचोकमा आमरण अनशन सुरु गरिएको हो ।
हप्तादिन पिपलचौतारा अनशन बसेका तीन नेता त्यसपछि चौतारा अगाडि लगाएको टेन्टमा अनशन बसेका थिए । अनशकारीको स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरकाे सल्लाहमा अस्पताल भर्ना गरिएकाे हाे । उनिहरुकाे स्वास्थ्यमा २ दिन अगाडि बाट समस्या देखिन सुरु भएकाे थियाे ।

तत्कालिन महेन्द्रनगर नगर विकास समिति अहिले भीमदत्त नगरपालिका मातहत आएर भीमदत्त नगर विकास समिति बनेको छ । समितिले मापदण्ड मिचेर जग्गा बिक्री र लिजमा दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले छानबिन गरी विशेष अदालतमा मुद्दा दायर गरि सकेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>