Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
काठमाडौं
२०८० जेठ १४ गते आइतबार

प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण तालिका सार्वजनिक, यस्ताे छ भेटघाट कार्यक्रम ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री भ्रमणका क्रममा (१७ गतेदेखि २० गते) चार दिन भारतमा रहनेछन् ।

भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटवार्ता गर्नेछन् । भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शङ्कर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड जेठ २० मा काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।


#भारत भ्रमण

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>