दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले नेपाली भुमीलाई भारतिय भुमी बताउदै सिमांकन गर्न थाले संगै बिबाद चुलिएको छ् । दोधारा चाँदनी नगरपािलका– ८ सुन्दरनगरमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले नेपाली भुमीलाई आफ्नाे भएको भन्दै दाबी गर्न थाले संगै स्थानियहरुले बिरोध गर्न थालेको स्थानियबासी तमान सिंह गुरुङ्गले जानकारी दिएका छन् । भारतिय सिमा सुरक्षा बल एसएसबीले नेपाली भुमीलाई भारतिय भुमी बताएर सिमांकन गर्न थाले संगै स्थानियहरु बिरोधमा उत्रिएको स्थानियबासी गुरुङ्गले बताएका छन् ।
आईतबार नेपाली सुरक्षाकर्मी, स्थानिय, भारतिय सिमा सुरक्षा बल (एसएसबी) बैठक बसेपनि बिना निश्कर्षक टुङ्गिएको स्थानियहरुले बताएका छन् । बैठकमा नेपालीहरुलाई भारतिय सिमा सुरक्षा बल एसएसबीहरुले खेत जोत्न नदिने र भारतिय क्षेत्रमा आए हेरौला भन्ने धम्की दिएको बताईएको छ् । भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले दशगजा क्षेत्र भन्दा नेपाली भुमीमा डोरी लगाएर खुँटा (निसाना) गाडेर भारतिय भुमी भएको दाबी गरहेका हुन् । स्थानियहरुले नेपाली भुमीमा भारतियहरुले गाडेका खुँटालाई उखेलेर फ्याकेका छन् । स्थानियबासी तमान सिंह गुरुङ्गका अनुसार वर्षौ देखि खेती गर्दै आएको स्थानियहरुको जग्गा भारतिय पक्षले आफ्नो भुमी रहेको बताउदै नेपाली भुमीमा डोरी लगाएर खुँटा गाडे संगै स्थानियहरु बिरोधमा उत्रिएको बताएका छन् । बिगतका दिन देखि भारतिय सिमा सुरक्षा बल एसएसबीले उक्त जग्गा बिबादमा पर्दै आएको छ् । नेपाल–भारतको सिमा स्तम्भ नं. १७ नजिक भारतियहरुले १५ जना नेपाली घरपरिवारको जग्गा बिबाद गरे संग स्थानियहरुमा त्रासद्धि छाएको छ् ।
स्थानियबासी मान बहादुर गुरुङ्ग, नारायण अधिकारी, लक्ष्मण बहादुर पुन मगर, अमर बहादुर थापा, बिरबल गुरुङ्ग, रतन बहादुर गुरुङ्ग, ईमान सिंह गुरुङ्ग, राम बहादुर सारु मगर, ढाल बहादुर गुरुङ्ग, टंक बहादुर गुरुङ्ग, तुल बहादुर गुरुङ्ग, खडक बहादुर रोकाया मगर लगाएत घरपरिवाको जग्गा भारतियहरुले जग्गा अतिक्रमण गर्न थाले संगै स्थानियहरु आक्रोशित भएका छन् । स्थानीयले भारतीय विस्तारवाद र हेपाह प्रवृतिको उपज आफ्नै खेतमा खनजोत गर्दा समेत भारतीय पक्षबाट अवरोध हुदै आएको गुनासो पोखेका छन् ।
सीमा क्षेत्रमा भारतीय पक्षबाटै अनावश्यक विवाद, अवरोध एवम् रोकावटले सीमा क्षेत्रका नागरिक हैरानी खेप्दै आएका छन् । भारतीय पक्षबाट दुखित भएका स्थानीयले सीमा क्षेत्रमै काँडेतार लगाउन समेत माँग अघि सारेका छन् । स्थानीय मान बहादुर गुरुङ्गले पटक पटक भारतिय पक्षबाट दुखि हुनुपर्ने बाध्यता हटाउन नेपाल सरकारले सीमा क्षेत्रमा ठुलो पर्खाल एवम् काँडेतार आवश्यक रहेको माँग अघि सारेका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया