Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
डाेटि
२०८० जेठ १७ गते बुधबार

भू स्वर्ग खप्तडमा गंगादशहरा मेला सम्मन्न, विभिन्न प्रतियाेगिता जारि ।

भू स्वर्गका रूपमा परिचित सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा गङ्गा दशहरा मेला सम्पन्न भएको छ । खप्तडमा हरेक वर्ष ज्येष्ठ शुक्ल पक्ष दशमीमा ‘गङ्गा-दशहरा’ मेला लाग्ने परम्परा छ । यही परम्परा अनुसार मङ्गलवार गङ्गा दशहरा मेला सम्पन्न भएको हो ।

यस मेला भर्नका लागि डोटी, अछाम, बझाङ, बाजुरासँगै नेपालका विभिन्न जिल्लाका दर्शनार्थीको घुइँचो लागेको छ । समुन्द्री सतह देखि ३ हजार २ सय मिटर उचाइमा अवस्थित खप्तडमा नवमीदेखि दर्शनार्थीहरु मेला भर्न पुग्ने गर्दछन् । परापूर्व कालदेखि चार जिल्लाका बासिन्दाले मेला भर्दै आए पनि पछिल्लो पटक नेपाल तथा भारतका हिन्दु धर्मावलम्बी दर्शन गर्न यहाँ पुग्ने गर्दछन् । दर्शनार्थीले बिहानै त्रिवेणी नदीमा स्नान गरी त्रिवेणी धामको पुजाँपाठ गर्दछन् । यसपछि सहस्र लिङ्गको पनि दर्शन गर्दछन् ।

यस क्षेत्रका बासिन्दा त्रिवेणी नदीमा आफ्ना पितृको तर्पण गर्ने गर्दछन् । यहाँ पितृको तर्पणपछि पुण्य पाइनुका साथै पितृहरूको वैकुण्ठ बास हुने मान्यता छ ।

खप्तड पर्यावरणीय सुन्दरताका हिसाबले नेपालकै अब्बल गन्तव्य मानिन्छ । खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खाप्पर दह, शिव मन्दिर, सहस्र लिङ्ग, नाग ढुङ्गा, केदार ढुङ्गाजस्ता धार्मिक स्थल र २२ वटा पाटन यहाँका प्रमुख आकर्षण हुन् ।

मेलाको अवसरमा खेलकुद प्रतियोगिता 

खप्तडमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । गङ्गा दशहरा मेलाका अवसरमा डोटी उद्योग वाणिज्य सङ्घ र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना तथा नेपाली सेनाको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुर, भैरवप्रसाद गण सिलगढी तथा सिंह शार्दूल गणको व्यवस्थापनमा विभिन्न प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

मङ्गलवार सम्म भलिबल, देउडा गीत प्रतियोगिता र घोडा दौड प्रतियोगिता सम्पन्न भएका छन् भने बुधवार म्याराथन प्रतियोगिता सञ्चालन हुने छ । भैरव प्रसाद गण सिलगढी सिलगढीका प्रमुख सेनानी जनमत कार्कीका अनुसार खप्तड देखि सिलगढीसम्म हाइ अल्टिच्युट म्याराथन प्रतियोगिता हुने छ । यस्तै महिला म्याराथन प्रतियोगिता पनि सञ्चालन हुने छ । सम्पन्न भएका प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भएको नरेन्द्र खड्काले बताए । खप्तडलाई विश्व सामु चिनाउन सहयोग पुर्‍याउने उद्देश्यले खप्तडमा विभिन्न प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।


#खप्तड

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>