Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ १७ गते बुधबार

सर्पकाे टाेकाईबाट सुतिरहेका दुई दाजुभाईकाे मृत्यु ।

सर्पको टोकाईबाट दुधौलीको कुर्थौलीका एकै परिवारका दुई जना दाजु भाइको ज्यान गएको छ । सोमबार राती सुतिरहेको ओछ्यानमा आई सर्पले टोकेको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृत्यु हुनेमा दुधौली नगरपालिका वडा नं. १ कुर्थौलीका १३ वर्षिय ग्रिस पहाडी र उनका भाई ३ वर्षिय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

छोराहरुसँगै सुतेकी आमा गंगामाया पहाडीले कान्छो छोरा छटपटिईरहको अवस्थामा मंगलबार विहान ३ बजे थाहा पाएकी थिईन । थाहा पाए लगत्तै दुवै जना बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएकोमा उपचार हुन नसकी थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएको थियो ।

उनीहरुको उपचारका क्रममा मंगलबार विहान ८ बजे मृत्यु भएको उक्त अस्पतालका डाक्टरले घोषणा गरेका थिए । कुन सर्पले टोकेको भन्ने थाहा हुन नसके पनि दाजु ग्रिसलाई साईली औंलामा टोकेको र भाई ग्रिस्मलाई बाँया खुट्टाको बुढी औंलाको बीच भागमा टोकेको डाम देखिएको प्रहरीले जनाएको छ ।

उनीहरु सिमेन्ट व्लकले बनेको टाली लगाएको छानो भएको घरको पलङमा सुतेको अवस्थामा सर्पले टोकेको भए पनि समयको एकीन हुन नसकेको बताईएको छ ।


#सर्पको टाेकाईले मृत्यु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>