नेपाली काँग्रेस बैतडीका नेता तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्यको आपत्तिजनक भिडिओ बाहिरिएको छ । बैतडीको मेलौली स्थायी घर भएका नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकका स्वकीय सचिव जनक भट्ट र एक भारतीय युवतीको अश्लिल भिडिओ संवाद सार्वजनिक भएको हो ।
सो भिडिओ अहिले सामाजिक संजाल फेसबुक र ह्वाट्सएपका ग्रुपहरुमा भाइरल बनिरहेको छ । सो भिडिओमा भट्टले आपत्तिजनक क्रियाकलापहरु गरिरहेको र युवतीले पनि सोही क्रियाकलाप गरिरहेको देखिन्छ तर त्यो भिडियोको उपयुक्त जाँच नगरी उनिमाथी लगाईएको आरोपको पुष्टी हुने देखिदैन । २ मिनेट २५ सेकेन्डको उक्त भिडिओ भारतीय हनिट्र्याप समूहको चंगुलमा फसेर बनेको जस्ताे देखिएको छ । सो भिडिओबारे भट्टले भिडिओ आफ्नै भएको तर यसमा भिडियो जोडेर अतिरञ्जीत पारिएको बताएका छन् । उनले भने, ‘२÷३ वर्ष पुरानो कुरा हो त्यसमा जोडेर थप बनाएको ’ उनको दाबी छ ।
उनले पुरानोभिडिओ अहिले भाइरल भइरहेको पनि बताए ।
उनले भने, ‘एकदिन एउटा इण्डियन नम्बरबाट मलाई ह्वाट्सएपमा फोन आएको थियो, मैले त्यो कल स्वीकार गरे, त्यसपछि आपत्तिजनक दृश्य देखेपछि मैलें फोन काटिदिए तर पछि विभिन्न इडिट गरेर मेरो भिडिओ बनाएर तपाई ५० हजार दिनुस् नत्र भाइरल गर्दिन्छु भनेर धम्की आयो तर रकम नदिएपछि अहिले त्यो भिडिओ भाइरल गरिदैछ ।’
पछिल्लो समय नेपालका उच्च पदस्थ कर्मचारी तथा व्यापारीहरु समेत हनिट्र्यापमा पर्दै आएका छन् । यस बिषयमा भट्टले एक बिज्ञप्ति समेत जारी गरेका छन् ।
कंचनपुरका बिगत वर्षहरुमा एक जना व्यापारी र २/३ जना बिद्यार्थि नेताहरुकाे समेत यस्तै प्रकृतिकाे भिडियाे विभिन्न म्यासेन्जर ग्रुपहरुमा शेयर भएकाे थियाे ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया