कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना स्थित खेल मैदान क्षेत्रबाट दुई जना स्थानीय नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीको टोलीले पक्राउ गरी लगेको छ ।
नेपालमा आएर बसेका ती सुरक्षाकर्मि बताउनेहरुले पसलमा बसेर यी युवाँहरुसंग बसेर खाजा लगायतका कुराहरु खाएकाे र जंगलमा बसेर खाउ भनेर संगै गएका त्यँहा पुग्दा भ्यानमा हालेर लग्न खाेज्दा ईश्वर पन्त भागेर आएका संगैका दिनेश रावललाई लगेकाे प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गगनसिंह कार्कीले बताएका छन् । के कति कारणले नेपाली नागरिकहरूलाई भारतीय सुरक्षाकर्मीले लगे भन्ने विषयमा खुल्न सकेको छैन । अध्यक्ष कार्किले भारतकाे नजिकका प्रहरी थानाहरु टनकपुर, बनबसा लगायतमा बुझ्दा यहाँ नरहेकाे बताएकाे बताएका छन ।
यस विषयमा कंचनपुरका प्रमुख जिल्ला अधिकारि गाेपाल प्रसाद अर्यालसँग बुझ्दा दुईजना भारत लगेकाे र त्यस मध्येकाे एक जना भागेर आएकाे खबर आएकाे छ यश सम्बन्धमा बिस्तृत बुझेर के गर्नुपर्छ त्यने काम गर्ने बताएका छन ।
स्थानियका अनुसार ती भारतिय मानिस यश क्षेत्रमा बेला बखत आईरहने गरेकाे तिनले आफू यश यश बि भएकाे बताउने गरेकाे बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया