Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ २० गते शनिबार

माेदिले सिमा समस्या हल गर्ने भनेकै दिन भारतियले जाेते नेपाल भारत सिमा सडक ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बखत कञ्चनपुरको दक्षिणि सीमावर्ती क्षेत्र बेलौरी दशगजामा एक जना भारतीय नागरिकले ट्याक्टरले खेत संगै सडक बाटाे समेत जाेतेका छन ।

बेलौरी नगरपालिका -१० भुडा सीमा क्षेत्र नजिक रहेको कम्बोजनगर गाउँका ती भारतीय नागरिकले आफ्नो खेत जोत्ने क्रममा दशगजाको सडक पनि जोतेका हुन्।

बिहीबार आफ्नो खेत जोत्ने क्रममा उनले दशगजामा पनि ट्याक्टर चलाएको स्थानिय प्रहरीले जनाएको छ। यहाँको दशगजा मानिने सडकमा भारतीय नागरिकले खेतसंगै दशगजा पनि जोतेका रहेछ्न । बीओपि भुडाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रमेश प्रसाद अवस्थीले भने, 'हिजो नै ती स्थानीयलाई आफ्नो खेतमा डिल सिमा हालेर सडकमा केही नगर्न भनेको छु।'

भुडास्थित सीमा पिल्लर ३४ देखि ३५ को बिचमा उक्त बाटो पर्छ। उक्त बाटो भारतीय गाउँ कम्बोजनगर र नेपाली गाउँ भुडामा बस्ती बसे देखिको हो। यसैलाई दशगजा मान्ने गरिएको छ। कतिपय नेपाली नागरिकले भने यो क्षेत्र  आफुहरुको जमिन रहेको बताउछन्।

केहि वर्ष आगाडी सोही क्षेत्रमा एसएसबीले अस्थायी पोस्ट राख्न खोज्दा स्थानीयले प्रतिकार गरेका थिए। त्यतिबेला सो ठाउबाट क्याम्प हटाएपनि भारतीय सुरक्षाकर्मिले फेरि त्यही नजिक दशगजामै पुन : क्याम्प राखेर बसेका छन्। देशभरिका करिव ५४ भन्दा बढि ठाउमा रहेका सिमा विवाद रहेकामा याे क्षेत्रमा पनि पछिल्लाे पट्क भारतले विवाद गर्न थालेकाे छ ।

अहिले भारतिय सुरक्षाकर्मि र किसानले सामान्य माटाेकाे लाईन बनाएकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>