Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० जेठ २१ गते आइतबार

दार्चुलामा अचेत रुपमा रगताम्य भेटिएका घाईतेकाे मृत्यु, काेठामा बसेका चारैजना अनुसन्धानमा तानिए ।

दार्चुलाकाे खलंगामा अचेत रुपमा घाईते भेटिएका ब्यक्तिमाे उपचारका क्रममा मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्ज उप–महानगरपालिका–१९ का ३० वर्षीय देव परियारको मृत्यु भएको हो। 

उनी सदरमुकाम खलंगास्थित बसपार्क नजिक निर्घात कुटपिट भएर अचेत अवस्थामा शनिवार राती भेटिएका थिए। उनको टाउको तथा शरीरभर घाउ थिए। प्रहरीले उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो। उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो।

परियारमाथि कुटपिट गर्नेको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। घटनामा संलग्नहरुको परिचय खुलेको छैन, हामीले अनुसन्धान सुरु गरेका छौं,’ उनले भने। 

प्रहरीका अनुसार सोधपुछका लागि चार जना समातिएका छन। मृतक परियार मजदुरीका लागि केही दिन अघि खलंगा आएका थिए। खलंगाको एक होटेलमा नेपालगञ्जबाटै आएका अन्य चार जनासँग बस्दै आएका थिए।

मृतकसँग बस्ने चारै जनासँग घटनाबारे सोधपुछ भइरहेको प्रहरी निरीक्षक गाहामगरले बताए। होटलमा खाना खाएर सँगै सुत्न गएको खुलेको छ। घटनाको सुक्ष्म रुपले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। होटलको सीसीटीभी फुटेजको पनि प्रहरीले विश्लेषण गरिरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>