Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० जेठ २२ गते सोमबार

पक्राउ परेका सदस्य रिहा आज १ बजेबाट यातायात बन्द गर्ने राप्रपाकाे चेतावनी ।

राष्ट्रिय प्रजातन्त्र पार्टि कञ्चनपुरले आफ्ना सदस्य रिहा नगरे आज दिउसाे बाट यातायात बन्द गर्ने एक बिज्ञप्ति निकाल्दै चेतावनि दिएकाे छ । राप्रपा कञ्चनपुरका जिल्ला कार्य समिति सदस्य तथा अपाङ्ग संघका प्रदेश संयोजक जयकिशन बोहरा(ज्याक)लाई कञ्चनपुर प्रहरीले अनावश्यक रुपमा नियन्त्रणमा लिएको बिरोधमा आन्दोलन गरिने राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द हस्ताक्षरित बिज्ञप्तिमा जानकारी दिएका छन् ।

 ‘बोहरालाई आज साेमबार बिहान १२ बजे सम्म रिहा नगरेमा राप्रपा कञ्चनपुर क्रमिक आन्दोलनमा जान्छ, भोलि २२ गते पहिले यातायत र पछि बजार समेत बन्द गर्न हामी बाध्य हुन्छौ ।’ अध्यक्ष चन्दले भने, ‘गणतन्त्रमा वाक स्वतन्त्रता हनन् भएको हामीले महशुस गरेका छौ, गणतन्त्र दिवसको दिन विभिन्न बाहानामा समातेको बोहरालाई प्रमुख जिल्ला अधिकारी सहितको टोलि बसेर सहमतिमा कागज गरि थुनामुक्त गरियो तर आज पुनः पक्राउ गरेर लगेको छ, यस कार्यको राप्रपा कञ्चनपुर घोर आपत्ति प्रकट गर्दछ ।’ बोहरालाई राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा अपमानित कार्य गरेको आरोपमा पक्राउ गरिएको थियो । 

सोहि दिन र त्यसपछि पनि अन्य राजनितिक दलका भातृ संगठनले समेत आन्दोलन गरेर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन लगायतका कार्य गरेपनि प्रहरीले उनिहरुलाई कुनै कारबाही नगरेकाे राप्रपा कंचनपुर अध्यक्ष बताउछन ।


#राप्रपा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>