Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० जेठ २२ गते सोमबार

सदस्य पक्राउकाे बिराेधमा राप्रपाद्वारा चक्काजाम, रिहा नगरे थप आन्दाेलन गर्ने ।

कार्यकर्ता पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले महेन्द्रनगरमा चक्काजाम गरेको छ। राप्रपा कञ्चनपुरले सोमबार दिउँसो १ बजेदेखि पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत महेन्द्रनगरमा चक्काजाम गरेको हो। 

बसपार्कदेखि भाँसीसम्म राजमार्गमा अवरोध गर्दै चक्काजाम गरेको हो। कञ्चनपुर प्रहरीले आइतबार साँझ राप्रपा कार्यकर्ता जयकिसन बोहरा (ज्याकी)लाई विनाकारण पक्राउ गरेको विरोधमा बाध्य भएर सडकमा आएको राप्रपा नेताहरूले बताएका छन्। 

१५ जेठ गणतन्त्र दिवसकै दिन राप्रपा कञ्चनपुरले महेन्द्रनगरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटोमा जुत्ता प्रहार गरेका थिए। सोही प्रकरणमा प्रहरीले १८ जेठमा जयकिसन बोहरा (ज्याक) र किसन बोहरालाई छाडेको थियो। फेरि कागज गराएर छाडेका व्यक्तिलाई धरकपड गर्दै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको भन्दै राप्रपाले आइतबार नै आन्दोलन घोषणा गरेको थियो।

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले पक्राउ गरेका कार्यकर्ता जयकिसन बोहरा (ज्याक)लाई प्रहरीले नछाडेपछि बाध्य भएर सडकमा उत्रिएको बताए। 

सोमबारसम्म पनि बोहरालाई रिहा नगरे मंगलबारदेखि थप कञ्चनपुरमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। एकपटक सोही प्रकरणमा पक्राउ गरेका व्यक्तिलाई पटकपटक पक्राउ गर्ने कार्य प्रतिशोधपूर्ण भएको राप्रपा नेताहरुकाे ठहर छ। विश्व वातावरण दिवसकै दिन राप्रपा कार्यकर्ता पक्राउ गरेको विरोधमा ठाउँठाउँमा टायर बालेर प्रहरीको विरोधमा उत्रिएका छन्। 

कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले बोहरालाई केही विषयमा सोधपुछका लागि ल्याइएको बताए। बोहराको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता डाँगीले बताए। 


#चक्काजाम

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>