Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ २३ गते मङ्गलबार

कंचनपुरमा एकैदिन २ ठाउँमा  आगलागि हुदा घर समेत सामान जलेर नष्ट

खडक काेलि, महेन्द्रनगर                         कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा आगलागी भएको छ । उक्त क्षेत्रमा रहेको सुकुम्बासी वस्तीमा आगलागी हुँदा कलावतकिो सिंहको घर पूर्णरुपमा ध्वस्त भएको हो । घरमा कोही नभएको ताला लगाएको घरमा एक्कासी आगलागी भएको पिडित सिंहले बताईन् ।

वडाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन गएको बेलामा छिमेकिले जानकारी गराएपछि मात्रै आगलागीको जानकारी पाएको उनले बताईन् । जिल्ला प्रहरि कार्यालय कञ्चनपुरले प्रारम्भिक अनुसन्धानमा विद्युत तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाएको छ । उनको एक तले २ कोठा रहेको कच्ची घरमा आगलागी भएको हो । आगलागी भएर घर र घरभित्रका सबै समान जलेर खरानी भएका छन् ।


भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा सहितको टालीको सक्रियताले आगलागी नियन्त्रणमा आएको छ ।  वडा कार्यालयले तत्काल सिहलाई राहत स्वरुप नगद १५ हजार सहयोग गर्ने वडा अध्यक्ष देवकोटाले घोषणा गरेका छन् ।

वडा अध्यक्ष देवकोटाले यो दुःखद घट्ना भएको छ, तत्काल वडाबाट विपद व्यवस्थापनबाट राहत स्वरुप १५ हजार सहयोग गर्ने जानकारी दिए । स्थानीयले आगो लागेको जानकारी गराएपछि वडा अध्यक्ष देवबकोटा सहित सदस्यहरु तत्काल त्यहाँ पुगेका थिए ।

वडा अध्यक्ष देवकोटा सहित वडा सदस्य हेम वस्नेत, रुपा जैरु, सीता भण्डारी लगायत कार्यक्रमका सहभागी, नगर प्रहरी र अन्य स्थानीय सबैले पानी फालेर आगो नियन्त्रणमा लिएका छन् ।


यस्तै बेलौरी नगरपालिका–६ ढक्का चाँदरमा आगलागी हुँदा लाखौँ मुल्य बराबरको धनमाल नष्ट भएको छ।

४५ वर्षीय ऋषिराम चौधरीको टिनले छाएको ३ कोठे भैसी गोठमा मंगलबार बिहान एक्कासी बिजुलीको तार सर्ट भएर आगलागी हुँदा युरीया मल, गँहुको भुसा, सालको काठ लगायत गरी करिब ४ लाख ८२ हजार मुल्य बराबरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। 


#आगलागि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>