Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
डाेटि
२०८० जेठ २३ गते मङ्गलबार

खप्तडलाइ आध्यात्मिक केन्द्र बनाउने प्रधानमन्त्रीकाे उद्घाेष ।

प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले खप्तडलाई आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिएका छन  । मंगलबार सम्मेलनको उद्घाटन गरेर प्रधानमन्त्री दाहालले यस्ताे आश्वासन दिएका हुन।

‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ, खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्छौँ,’ उनले भने।

आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न बाबा राम देव र आचार्य बालकृष्णलाई पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताएका थिए। उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले आफू सुदूरपश्चिम प्रदेशको बिकासको लागि प्रतिवद्द रहेको बताएका थिए।

प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा राम देव, आचार्य बालकृष्ण, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देबराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद लगायत उपस्थित थिए। यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलपनि खप्तडमै छन्।

राम देव मंगलबार बिहान पश्चिमी सीमा नाका गड्डाचौकी भएर धनगढी हुँदै खप्तड पुगेका थिए। खप्तडलाई अन्तराष्ट्रियस्तरमा चिनाउन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा मंगलबारबाट आध्यात्मिक सम्मेलन सुरु भएको हो। 

भू–स्वर्गका रुपमा चिनिने खप्तडलाई अन्तराष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन तीन दिनसम्म २३ बाट २५ गतेसम्म चल्ने छ।

सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने कार्यक्रम पनि तय भएको छ। अन्तराष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको छ।


#खप्तड

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>