Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ २६ गते शुक्रबार

कैलालीमा हट्न थाले सुर्तिजन्य र मादक पदार्थका प्रचार सामाग्रि, कंचनपुरमा समेत हटाउन अनुराेध ।

 कैलालीमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका लागि विभिन्न स्थानमा राखिएका सामग्रीहरू धमाधम हटाउन थालिएको छ। 

सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, कञ्चनपुरले त्यस्ता सामग्रीहरू धमाधम हटाउन थालेको हो। 

केन्द्रले स्वास्थ्यको दृष्टिकोणले प्रतिकुल मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसार गर्न रोक लगाउँदै सार्वजनिक स्थान, चोक चौराहा, होटल, पूर्वपश्चिम राजमार्ग छेउमा राखिएका प्रचार सामग्रीहरू हटाउन थालेको हो। 

केन्द्रले जिल्लाको धनगढी, अत्तरिया, सुख्खड, लम्की, चिसापानी, टिकापुर लगायतका बजारहरूबाट प्रचार सामग्रीहरू हटाई रहेको छ। 

कर्मचारीको टोली नै खटाएर त्यस्ता सामग्री हटाउँदै मदिरा तथा सूर्तीजन्य पदार्थको प्रचारप्रसार गरे हुने कानुनी कारबाहीका बारेमा सचेत गराई रहेको केन्द्रका प्रमुख हेमराज खड्काले जानकारी दिए। 

‘हामीले धनगढीबाट सुरु गरेको अभियान जिल्लाका मुख्य मुख्य सहर तथा पूर्वपश्चिम राजमार्गमा राखिएका प्रचार बोर्डहरू हटाउन कर्मचारीको टोली नै परिचालन गरेका छौं’ खड्काले भने ‘त्यस्ता सामग्रीको प्रचार प्रसार गर्न नपाइने कानुनी व्यवस्था लागू गर्न आमनागरिकलाई सचेत समेत गराउँदै आएका छौं।’

टोलीले अहिले सम्म ५ दर्जन बढि  हटाएका छउ  त्यस्ता प्रचार प्रसारका सामग्रीहरुले बालबालिका तथा सेवनकर्ताहरूलाई समेत आकर्षित गर्ने यस्ता पदार्थ सेवनले स्वास्थ्यमा गम्भीर असर गर्ने र जनस्वास्थ्यमा प्रभाव पार्ने हुनाले त्यसलाई न्यूनीकरण गर्न अभियान नै सञ्चालन गरेर सामग्री हटाइरहेकाे, पहिलो पटकका लागि यो स्वास्थ्य प्रवर्द्धनको अभियान हो भने नियमित अनुगमन गरेर प्रचार सामग्री राखिएको पाइए कानुन अनुसार कारबाही गर्ने खड्काले बताए ।

सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी ऐन २०६८, जनस्वास्थ्य ऐन २०७५, प्रदेश जनस्वास्थ्य ऐन २०७६, विज्ञापन बोर्डको परिपत्र र सम्मानित सर्वोच्च अदालतको २०७९ फागुन ११ गतेको अन्तरिम आदेशका आधारमा प्रचार सामग्री हटाउन सुरु गरिएको खड्काले बताए। 

जिल्ला प्रशासन कार्यालय कैलालीले २०७९ चैत्र ४ गते जिल्लाका विभिन्न स्थानमा राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। 

कार्यालय प्रमुख खड्काका अनुसार कंचनपुर जिल्लामा समेत यस्ता सामाग्रिहरु राख्नेहरुले आफै हटाई सहयाेग गर्नुपर्ने । अटेर गरि यस्ता प्रचार सामाग्रि राखेमा कानून अनुसार कार्वाहि गरिने बतउनु भएकाे छ ।


#सुर्तीजन्य र मादक पदार्थका प्रचार सामाग्रि हटाउदै

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>