Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
अत्तरिया
२०८० जेठ २६ गते शुक्रबार

गेटामा संघर्ष समितिले राख्याे स्वास्थ्य बिज्ञान विश्वविद्यालय लेखिएकाे बाेर्ड ।

कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको छ। गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बोर्ड राखेको हो। 

अत्तरियादेखि बाजागाजासहित आएका उनीहरुले बिहिवार साँझ गेटामा स्वास्थ्य विश्व विद्यालयको बोड राखेका हुन्। उनीहरुले बिहिवार अत्तरिया बजारसमेत बन्द गरिएका थिए। 

संघर्ष समितिको पूूर्व निर्धारित गोदावरी नगर क्षेत्र बन्द गर्ने कार्यक्रम अन्र्तगत अत्तरिया बजार बन्द गरिएको हो। बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे खुलेको थियो। अत्तरिया बजार बिहान खुुला रहेपनि बन्दकर्ताले ८ बजेपछि बन्द गराएका थिए। बन्दकर्ताले बजार बन्द गराएपनि यातायात सञ्चालनमा थिए। 

संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आइरहेको छ। सरकारले जेठ १५ गते संसदमा पेश गरको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम गर्दै आएको छ। 


#गेटा स्वास्थ्य बिज्ञान विश्वविद्यालय

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>