Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
अत्तरिया
२०८० जेठ २६ गते शुक्रबार

गेटामा संघर्ष समितिले राख्याे स्वास्थ्य बिज्ञान विश्वविद्यालय लेखिएकाे बाेर्ड ।

कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको छ। गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बोर्ड राखेको हो। 

अत्तरियादेखि बाजागाजासहित आएका उनीहरुले बिहिवार साँझ गेटामा स्वास्थ्य विश्व विद्यालयको बोड राखेका हुन्। उनीहरुले बिहिवार अत्तरिया बजारसमेत बन्द गरिएका थिए। 

संघर्ष समितिको पूूर्व निर्धारित गोदावरी नगर क्षेत्र बन्द गर्ने कार्यक्रम अन्र्तगत अत्तरिया बजार बन्द गरिएको हो। बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे खुलेको थियो। अत्तरिया बजार बिहान खुुला रहेपनि बन्दकर्ताले ८ बजेपछि बन्द गराएका थिए। बन्दकर्ताले बजार बन्द गराएपनि यातायात सञ्चालनमा थिए। 

संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आइरहेको छ। सरकारले जेठ १५ गते संसदमा पेश गरको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम गर्दै आएको छ। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>