Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ २७ गते शनिबार

दाेदा जलाधार क्षेत्रका १० पालिका मिलेर काम गर्न सहमत ।

चार जिल्लाका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ ।

कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका १० स्थानीय तहबीच दोदा जलाधारमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन, दीगो विकास तथा उत्थानशीलतासँग सम्बन्धी काम आपसी सहकार्यका आधारमा गर्ने समझदारी बनेको हो ।

१० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले शुक्रबार धनगढीमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर गर्दै दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धीत काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

दोदा जलाधार क्षेत्रमा सञ्चालन गरिने विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसम्बन्धी क्रियाकलापमा गैरसरकारी संस्था निड्स नेपाल कञ्चनपुर, मर्सी कोप्रस र डीपी नेट नेपालले समेत स्थानीय तहहरुसँग सहकार्य गर्ने भएका छन् ।

स्थानीय तहहरुबीच भएको समझदारी पत्रमा दोदा जलाधार क्षेत्रमा मुख्य सरोकारवालाको पहिचान गरेर प्राकृतिक स्रोत र सामाजिक तथा आर्थिक तथ्यांकको नक्सांकन, जलवायु र विपद उत्थानशीलतामा रणनीतिक काम गर्ने उल्लेख गरिएको छ ।

प्रभावित क्षेत्रका समुदायका लागि विभिन्न तालिम सञ्चालन, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि प्रविधिमैत्री बहुप्रकोप पूर्व सूचना प्रणाली स्थापना गरिने समेत बताइएको छ ।


#दाेदा जलाधार क्षेत्र

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>