Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० जेठ २८ गते आइतबार

दोधारा चाँदनीमा बाढी जन्य विपदबाट क्षती न्युनिकरण गर्न कृतिम अभ्यास ।

दोधारा चाँदनी नगरपालिका– ८ सुन्दरनगरको जगबुडा नदीमा विपदको पूर्व तयारीका लागि बाढी सम्बन्धी कृतिम घट्नाको उद्दार अभ्यास गरिएको छ । निड्स नेपाल कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु), डिसीए नेपाल, अक्सफम नेपाल लगाएत गैरसरकारी संस्थाहरुको आयोजनामा अभ्यास कार्यक्रम गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकामा मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्व तयारी तथा बाढी सम्बन्धी कृतिम घट्ना अभ्यास गरिएको छ । यस वर्ष मनसुन भित्रिदै गर्न लाग्दा बाढीबाट हुनसक्ने क्षतिको न्यूनिकरणका गर्न विपदको पूर्व तयारीका लागि बाढी सम्बन्धी कृतिम घट्ना अभ्यास गरिएको निड्स नेपाल कञ्चनपुरका ईश्वर उपाध्यायले बताएका छन् ।

कृतिम नमुना अभ्यासमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका सामुदायिक बिपद् ब्यवस्थापन समितिका पदाधिकारी तथा खोज उद्धार समितिको सहभागिता रहेको थियो । कार्यक्रम एकदमै प्रभावकारी हुने जानकारी दिदै दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् फोकल पर्सन रघुनाथ भट्टले अभ्यासले निखार ल्याउने र बाढी लगाएतका प्राकृतिक घट्ना अचानक हुने विपद्बाट बच्न अभ्यास कार्यक्रमले निकै सहयोग पुग्न बताएका छन् । अभ्यास कार्यक्रममा रेडक्रस, बिपद् ब्यवस्थापन समिति, खोज उद्धार टोली तथा बिपदका क्षेत्रमा सहयोग पुराउने बिभिन्न संघ संस्थाहरुले सहभागिता रहेको थियो । मनसुन पूर्वको खोज उद्दार र बाढीबाट हुनसक्ने जोखिम कम गर्न विपद प्रतिकार्य अभ्यास प्रभावकारी हुने स्थानियहरुले बताएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) का सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, ९ र १० बाढीको अत्यन्त जाखिममा रहेको क्षेत्र रहेको उल्लेख गर्दै यस प्रकारको अभ्यासले बिपदको बेलामा क्षति न्युनिकरण गर्नमा मद्दत पुग्न दाबी गरे । कृतिम घटना अभ्यास हेर्न दोधारा चाँदनी नगरपािलका– ८ सुन्दरनगरको जोगबुडा नदीमा किनारमा पुगेका स्थानीय तथा वडा सदस्य कमला उपाध्यायले यस्ता पूर्व अभ्यासका कार्यक्रम बाढीबाट प्रभावित भएका स्थानमा गर्दा अझ प्रभावकारी हुने बताए । यो अभ्यास बाढीको जोखिममा रहेका बस्तीका स्थानियलाई सहभागी गराउदा उद्धार कार्य निकै प्रभावकारी हुने स्थानीय तथा वडा सदस्य कमला उपाध्यायले बताएका छन् । वर्षौ देखि बाढीको मारमा परेको र स्थानीयलाई विपदबाट जोगिन तालिमको व्यवस्था गर्नु पर्ने माँग रहदै आएको थियो । 

निड्स नेपाल कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु), डिसीए नेपाल, अक्सफम नेपाल लगाएत गैरसरकारी संस्थाहरुले बाढीजन्य विपदबाट जोगिन ठूलो सहयोग गर्दै आएको जानकारहरुको भनाई रहेको छ् । कृतिम अभ्यास कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, दोधारा चाँदनी– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकाया, वडा सदस्य कमला उपाध्याय, दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् फोकल पर्सन रघुनाथ भट्ट, दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम सिंह रावल, निड्स नेपाल कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु), डिसीए नेपाल, अक्सफम नेपाल लगाएत गैरसरकारी संस्थाहरुका प्रतिनिधी, बिपद् ब्यवस्थापन समितिका पदाधिकारी, खोज उद्धार टोली तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो


#कृतिम अभ्यास

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>