Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ २८ गते आइतबार

महेन्द्रनगरका एकैपरिवारका ४ जनाकाे भारतमा दुर्घटनामा परेर मृत्यु ।

कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासानजिकै पर्ने खटिमा चकरपुरमा सडक दुर्घटनामा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

खटिमाको मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारी नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो। 

उनीहरू कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ गरेर फर्किरहेका थिए। त्यस क्रममा तीव्र गतिको कारसँग चकरपुरमा उनीहरू सवार दुई स्कुटर ठोक्किएका थिए।

दुर्घटनामा परेर गम्भिर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा ज्यान गुमाएका चन्द परिवारको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पनि घर छ। उल्टाखाममा मृतक नेमबहादुरका दाइ तेजबहादुर बस्ने गरेका छन् ।

नेमबहादुरका छोराहरू दीपक र प्रेम अहिले भारतको चेन्नाइमा  काम गर्छन्। घटनाबारे जानकारी  उनीहरू खटिमा फर्किरहेका छन्।

मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। छोराहरू खटिमा पुगेपछि हिन्दु परम्पराअनुसार शारदा घाटामा अन्तिम संस्कार गरिनेछ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>