Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ २८ गते आइतबार

कृर्षि बिमा बन्द भएपछि किसान मारमा । बाख्रा किसानले गुहारे प्रधानमन्त्री ।

सरकारले केही वर्षदेखि पशुपंछी तथा कृषिबाली बीमा गर्दा लाग्ने प्रिमियम शुल्कमा नेपाल सरकारले असी प्रतिशत अनुदान दिदै आएकाे र किसानले २० प्रतिशत मात्र रकम दिई बिमा हुने गरेकामा सरकारले दिने अनुदानकाे रकम नपाएको भन्दै बिमा, दाबि भुक्तानि सबै बन्द गरेपछि किसान मारमा परेका छन ।

०७७ सालदेखिकाे सरकारबाट पाउनुपर्ने बीमाको प्रिमियम शुल्क बापतको रकम नपाएको भन्दै बीमा कम्पनीहरुले पशुपछी तथा कृषिबालीको बीमा गर्ने र बीमाको दाबी भुक्तानी दिने दुवै कार्य जेठ ७ बाट बन्द गरेका छन् ।

बीमा कम्पनीहरुको यस कार्यबाट पशुधन तथा कृषिबालीको बीमा हुन नसकी समग्र कृषि तथा पशुपालन व्यवसाय आर्थिक रुपमा असुरक्षित हुन पुगेको भन्दै बाख्रा पालक किसान हरुले देशै भरबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे कंचनपुरका बाख्रा पालक किसान गणेश चन्दले बताउनुभयाे । चन्दका अनुसार यसबाट किसानहरुमा छाएको निराशाका कारण समग्र राष्ट्रिय उत्पादनमा समेत नकारात्मक असर पर्ने निश्चितप्राय भएकाले याे शिघ्र लागू गर्नुपर्ने, बाख्राहरुमा लाग्ने केही खाेपहरु सरकारले आयात गर्न नदिने आफैपनि नदिने भएका कारण थप जाेखिम रहेकाे छ। यस्ता खाेपहरु मात्र एक दुई सयमा भारतमा समेत पाउने गरेका कारण जाेखिम  घटाउन खाेपहरुकाे ब्यावस्था सरकारले गरिदिनुपर्ने लगायत तीस बुदे माग राख्दै ज्ञापन पत्रबुझाएकाे बताएका छन ।

ज्ञापनपत्र बुझाउन चन्द समेत शक्ति बिष्ट पन्त लगायत किसानहरुकाे सहभागिता रहेकाे थियाे ।

नेपालमा खसी बाेका, भेडा च्याङ्ग्रा समेत भारत लगायतका देशबाट आयात हुन राेकिएकाे छैन ।


#कृर्षि बिमा राेकियाे

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>