Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० जेठ २९ गते सोमबार

एक दिने वाली उपचार शिविर दोधारा चाँदनीमा सम्पन्न

दोधारा चाँदनी नगरपालिकामा बाली उपचार शिविर सम्पन्न भएको छ् । कृषी ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखा कार्यालयमा एक दिने बाली उपचार शिविर सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् । किसानले लगाएको बालीमा देखिएको रोग, किराका नमूना जाँच, उपचार गराउनुका साथै परामर्श समेत दिईने शाखा प्रमुख कमलापती भट्टले बताएका छन् । उल्लेखनिय मात्रामा कृषकहरुको सहभागिता रहेको शिविरमा आगामी दिनहरुमा समेत यस्ता खाले कार्यक्रम संचालन गर्दै जानु पर्ने स्थानियहरुले बताएका छन् । अधिकांश किसानहरुको तरकारी तथा केरा अनि धान बालीमा बढी समस्या देखा परेको पाईएको छ् । किसानहरुले बाली चक्र प्रणाली अपनाउनु पर्ने, रासायनिक बिषादीको प्रयोग कम गर्नु पर्ने, जथाभावी रासायनिक बिषादीको प्रयोगले रोग तथा किराहरुमा प्रतिरोधात्मक क्षमता बढ्दै गएको बताईएको छ् । कृषकहरुले बिषादीलाई औषधीकोरुपमा बुझेर प्रयोग गर्ने गरेको पाईएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाका शाखा प्रमुख कमलापती भट्टले बताएका छन् । आगामी दिनमा जनचेतनामूलक कार्यक्रम संचालन गर्नु पर्ने र पुर्व सावधानी अपनाउने पर्ने, बिशेष गरि भन्टाको गबारो, केराको बिटल, धानमा ढुसी जन्य रोग अनि काक्रा फर्सीमा फल कुहाउने औसा र भाईरस जन्य रोग तथा लाही किराको बढी प्रकोप देखिएको शिविरमा पाईएको कृषी ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ् । कृषकहरुले बाली चक्र प्रणाली, मिश्रीत खेती पद्धति, बालिमा नियमित अवलोकन तथा फिल्ड सरसफाइमा ध्यान दिनु पर्ने देखिएको बताईएको छ् । किसानहरुले आफुले ल्याएका बिरुवा जाँच पछि गर्दा यस्तो समस्या देखा परेको हो । शिविरमा किसानहरुले माटोको सुधारका लागि प्रशस्त मात्रामा प्राङारिक मल तथा गोठेमल प्रयोग गर्नु पर्ने, हरियोमल तथा गडेउला मल प्रयोगमा जोड दिनु पर्ने सल्लाह दिएको थियो । शिविरमा कृषी ज्ञान केन्द्रका बाली बिकास अधिकृत जागृत खनाल, प्राबिधिक सहायक जनक बहादुर सिंह, बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका सत्यराज जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाका शाखा प्रमुख कमलापती भट्ट, दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी अधिकृत कृष्ण पन्त लगाएत किसानहरुको सहभागिता रहेको थियो । कृषकको बालीमा लागेका रोग, कीरा तथा अन्य समस्याको सही पहिचान गरी समयमै उपयुक्त व्यवस्थापनका उपाय दिने उद्देश्यले शिविर सञ्चालन गरिएको दोधारा चाादनी नगरपालिका कार्यालय कृषी शाखा कार्यालयले जनाएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>