Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ३१ गते बुधबार

भिमदत्त सरकारले आफ्नै वडा अध्यक्षहरुलाई दिएन सुचना, सामान्य नागरिकले पाउने सेवामा शंका ।
फायल फाेटाे

 भीमदत्त नगरपालिकाले आफ्नै कार्यपालिकाका सदस्यलाई सुचना दिन आनाकानी गरेको कुरा खुलाशा भएको छ । जसले गर्दा नगरपालिकाको  नगर नेतृत्व र कर्मचारीहरु अपारदर्शी र मनोमानी ढंगले चलेको थप पुष्टि भएको छ । कार्यपालिकाका सदस्यहरुनै नगरपालिकाले गरेका कार्य सम्पादनका बारेमा बेखबर हुनुपर्ने अवस्थामा पुगेका छन् ।

५ जना कार्यपालिकाका सदस्यहरुलेनै केहीँ समययता भए÷गरेका गतिविधिका बारेमा जानकारी नपाएको भन्दै सूचनाको हक प्रयोग गरी नगरपालिकामा निवेदन दिएका थिए । रितपूर्वक सर्बसाधारणले पनि माग गर्दा दिनुपर्ने सूचना नगरपालिकाले आफ्नै कार्यपालिकाका सदस्यहरुलाई समेत नदिएको खुलेको हो ।

निवेदनमा माग गरिएका सूचना १५ दिनभित्र उपलब्ध गराउनुपर्नेमा त्यस्तो नगरी म्याद गुजारेको पाइएको छ । उनिहरुले जेठ २ गते निवदेन दर्ता गराएका थिए । ०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा कांग्रेस उम्मेदवार नगर नेतृत्वमा आएका थिए । कांग्रेस जनप्रतिनिधि बहुमत रहेको नगरपालिकामा एमालेका वडाध्यक्षहरुले नगर नेतृत्वले पार्टीगत हिसाबले पूर्बाग्रही ढंगले काम गरिरहेको आरोप लगाउँदै आएका छन् । 

तर, यसपटक भने कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका दुई जनाले पनि कार्यपालिकाको निर्णय माग गर्दै सामुहिक रुपमा सूचना माग गरेका थिए । त्यसरी सूचना माग गर्नेमा कांग्रेसबाट वडा नं. १० मा विजयी महेश चन्द र वडा नं. ११ का वडाध्यक्ष प्रकाश थापा रहेका छन् । 

यस्तै नेकपा एमालेका तर्फबाट वडा नं. ७ मा विजयी गणेश चन्द, वडा नं. ९ का वडाध्यक्ष गगन कार्कीले पनि सामुहिक निवदेनमा हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रबाट वडा नं. १९ का वडाध्यक्ष भएका जग्गुराम थारु चौधरीले निवेदनमा हस्ताक्षर गरेका छन् । उनीहरुले चालु आव ०७९/८० मा नगरपालिकाभित्र भएका अधिकांस कामको बारेमा जानकारी मागेका हुन ।

सडक ग्राभेल गर्दा भएको इन्धन खर्च (भुक्तानी भएको भए फर्मको नाम, ठेगानासहित), नगरपालिकाभित्र सडक ग्राभेल गर्दा भएको सवारीसाधन तथा अन्य सवारीसाधनको मरम्मत खर्चको सम्पूर्ण छुट्टाछुट्टै बिवरण (मर्मत खर्चको सम्पूर्ण छुट्टाछुट्टै विवरण, भुक्तानी भएको फर्मको नाम ठेगानासहित) माग गरिएको छ ।

यस्तै चालु आवमा भएको सडक ग्राभिलको वडागत प्रगति (वडा नं. १ देखि १९ सम्म), चालु आवमा नगरपालिकाले गरेको अतिथि सत्कार, खाजानास्तालगायत विविध खर्चको बिवरण ( भुक्तानी भएको फर्मको नाम र ठेगानासहित) पनि माग गरिएको छ । नगरपालिकाले राखेका स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारीको बिवरण, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद क्षेत्रमा भएको खर्चको बिवरण पनि माग गरिएको छ ।

बिभिन्न गोष्ठि, सेमिनार, तालिममा भएको खर्च बिवरण, जिन्सी सामाग्री खरिद बिवरणलगायतको सूचना पनि माग गरिएको हो । वडा नं. १० का वडाध्यक्ष महेश चन्दले झण्डै एक महिना पुग्दा पनि सम्पूर्ण सूचना उपलब्ध नगराएर नगर नेतृत्व खर्च ढाकछोपमा लागेको बताए ।  ‘अधुरो र अपुरो सूचना दिन खोजेका थिए, हामीले त्यो लिएनौँ,’ उनले भने, ‘सम्पूर्ण जानकारी लिखित रुपमा उपलब्ध नगराउदासम्म हामी संर्घष गरिरहने छौँ ।’

उनीहरुले सूचना अधिकारी हरिसिंह धामीलाई निवेदन दिएका थिए । धामीले निवदेन दर्ता गरी तोक लगाएपनि वडाध्यक्षहरुले भने सूचना दिन आलटाल भइरहेको बताएका छन् । कार्यपालिका बैठकको निर्णय पनि थाहाँ नहुने अवस्था आएको गुनासो उनीहरुको छ ।

सूचना अधिकारी धामीले सम्बन्धित फाटवालाहरुलाई सूचना दिन तोक लगाएका थिए । ‘सूचना संकलन भएपनि लिखित रुपमा तयार पारिएको छैन,’ धामीले भने, ‘ब्यवहारिक रुपमा वडाध्यक्ष ज्यूहरुलाई जानकारी भने गराएको हो । उहाँहरुले लिखित नै माग्नु भएको छ । यसरी कार्यपालिका सदस्यलाई सहजै सुचना पाउन कठिन अवस्था छ भने सामान्य नागरिकले सेवा पाउनेमा शंका गर्न सकिने अवस्था रहेकाे स्थानियले बताएका छन  ।  


#भिमदत्त सरकारले दिएन सुचना ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>