Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० जेठ ३२ गते बिहिबार

बेथिति र दण्डहिनता राेक्न एकीकृत समाजवादिले बुझायाे ज्ञापनपत्र ।

नेकपा एकीकृत समाजवादीले भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

भीमदत्त नगरपालिका सहित कञ्चनपुरमा बेथिति, दण्डहिनता मौलाएको भन्दै रोक्नुपर्ने माग अघि सारेर समाजवादीले दुवै निकायमा ज्ञापन पत्र बुझाएको हो ।
विभिन्न माग अघि सारेर बिहीबार नेकपा एकीकृत समाजवादी भीमदत्त नगर कमिटीले प्रशासन र नगरपालिकामा एकसाथ ज्ञापन पत्र बुझाएको छ ।

नेकपा एकीकृत समाजवादी भीमदत्त नगर कमिटीका अध्यक्ष मदन सेरालाले भीमदत्त नगरमा रोयल्टी संकलनमा अनियमितता रोक्न र प्रशासनमा जिल्लाभरी मौलाईरहेको बेथिति रोक्न लगायतका माग अघि सारेर ज्ञापन पत्र बुझाईएको बताए ।

नगरपालिका क्षेत्रमा निर्माण भईरहेका सडक, ढलमा ब्यापक अनियमितता भईरहेको, यस अघि महालेखाले औल्याएको करोडौँ बेरुजु रकम अशुल्नतर्फ ध्यानाकर्षण गराईएको छ । नगर विकास समितिमा भईरहेको अनियमिता रोक्न समेत माग अघि सारिएको छ ।

समाजवादीले सुशासनका क्षेत्रमा उठान गरेका विषयमा वेवास्ता गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल र भीमदत्त नगरका प्रमुख पदम बोगटीले समाजवादीले अघि सारेका एजेण्डामा गम्भिर भएर कार्बाही गर्ने जनाएका छन ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा पालिका, जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेता कार्यकर्ता सहभागि भएका थिए ।


#एकीकृत समाजवादिले बुझाए ज्ञापनपत्र

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>