Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
धनगढी
२०८० असार ०२ गते शनिबार

२९ अर्व बढिकाे बजेट सार्वजनिक गरेकाे सुदुरपश्चिम सरकारले सांसदलाई छुट्यायाे तिन कराेड

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक भएको छ । शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बजेट सार्वजनिक गरेका हुन् ।

चालु आर्थिक वर्षको तुतनामा आगामी बजेटको आकार घटाएर सार्वजनिक गरिएको छ । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख अर्थात ३२ दशमलव ७९ प्रतिशत र पुँजीगतर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत रहेको छ ।

सार्वजनिक बजेटमा भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ । प्रदेशमा आगामी आर्थिक वर्षमा १० वटा सडक पुल योजना निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको छ । त्यस्तै खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेशका नौवटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरिएको छ । साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने बताएको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री शाहीले अन्तरप्रदेश वित्तिय हस्तान्तरणमा दुई अर्ब ३४ करोड ७५ लाख र वित्तिय व्वस्थातर्फ ३० करोड बजेट विनियोजन गरेका छन् ।

सांसदलाई ३ करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकारले सांसदहरुको छनोटमा योजना सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री शाहीले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्दै प्रत्येक प्रदेश सभा क्षेत्रका लागि ३ करोड विनियोजन गरेका हुन् ।


#प्रदेसकाे बजेट

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>