Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ०२ गते शनिबार

बेन्चमार्क ६२ डी नाप्न नेपाल पसेका भारतियलाई कागज गरेर छाेडियाे ।

नेपाली प्रशासनसँग समन्वय नगरेरै कञ्चनपुरको गड्डाचौकी क्षेत्रमा नापजाँच गरिरहेका ५ जना भारतीय कामदारलाई प्रहरीले कागज गराएर छाडेको छ।

शुक्रबार दिउँसो नेपाली पक्षसँग समन्वयनै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गरिरहेका उनीहरुलाई स्थानिय सहित सुरक्षाकर्मिले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार उनीहरुलाई कागज गराएर शुक्रवार साँझ छाडिएको हो।

‘उनीहरु दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माण स्थलसम्म पुग्ने पहूँच मार्गमा संलग्न रिद्धीसिद्धी कम्पनीमा कार्यरत कर्मचारी रहेको खुल्यो,’ प्रहरी निरीक्षक गिरीले भने, ‘आगामी दिनमा नेपालतर्फ काम गर्दा समन्वय गर्ने ब्योहोराको कागज बनाएर जिम्मा लगाएका छौँ।’

नेपाल प्रहरीले पाँचै जनालाई सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो। सशस्त्रले भारतीय प्रहरीको जिम्मा लगाएको थियो।

हिजो बिहान करिब साढे १२ बजेतिर कम्पनीका सर्भे मेनेजर तालेवर सिंहको नेतृत्वमा पाँच जना कर्मचारी गड्डाचौकी क्षेत्रमा नाप जाँच गरिरहेका बेला पत्रकार र स्थानीयले रोकेर प्रहरीलाई खबर गरेका थिए।

उनीहरुले दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि भारततर्फ निर्माणाधीन पहुँच मार्गको उचाई र दूरी पत्ता लगाउन गड्डाचौकीमा नापजाँच भइरहेको बताएका थिए। उनीहरुले प्रहरीलाई गड्डाचौकीमा बेन्च मार्क (रेफरेन्स पोइन्ट) छ, त्यही भएर हाइवेको दुरी र उचाई पत्ता लगाउन नापी भइरहेको बयान दिएका थिए।

भारततर्फकै हाइवेका विषयमा नापजाँच गर्ने विषय भए पनि नेपाली पक्षसँग समन्वय नै नगरी आउँदा समस्या भएको प्रहरीले जनाएको छ।
बिगत समयमा नेपालकाे राजमार्ग निर्माण गर्दा नापजाँच गर्ने बिन्दु भारतले राखेकाे बताईन्छ । गड्डाचाैकि नजिककाे भुजेला पुलमा रहेकाे बेन्चमार्क ६२ डि नाप्न नेपाल पुगेका थिए भारतिय कम्पनिका कर्मचारि । उनिहरुलाई सर्भे विभाग ईण्डियनले १४ बेन्चमार्ककाे अध्ययन गर्न भनेकाे खुलेकाे थियाे । 


#बिना अनुमति बेन्चमार्क नाप्न नेपाल पसे भारतिय

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>