Samriddhipost
२०८१ मङि्सर १० गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ०२ गते शनिबार

बेलाैरिमा सिकलसेल एनिमिया र थालसेमिया राेग पहिचान गर्न रगत परिक्षण सुरु ।

बेलौरीमा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचानको लागि नि:शुल्क रगत परीक्षण शिविर सञ्चालन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र बेलौरी नगरपालिकाको समन्वयमा  शिविर सञ्चालन भएकाे हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिविरको उद्घाटन गर्दै सिकलसेल एनिमिया सँगसँगै अन्य दीर्घ रोगहरूको पहिचान गर्न प्रदेश सरकार जनताको घर दैलोमा पुग्ने अभियानमा रहेको उल्लेख गर्नुभयो । बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको र छिट्टै प्रक्रिया सुरु गर्ने समेत उहाँले सुनाउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले प्रदेश सरकारले जनतालाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको बताउनु भयो ।

प्रदेश सभा सदस्य दिवानसिंह बिष्टले सिकलसेल रोगको पहिचान र उपचारका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमै नियमित रूपमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा सञ्चालनमा जोड दिनुभयो । उहाँले बेलौरीमा प्रदेश स्तरीय अस्पताल स्तरोन्नति गरी दक्षिणी क्षेत्रमै स्वास्थ्य सेवा प्रदान गर्न पहल गरिरहेको बताए ।

त्यस्तै प्रदेश सभा सदस्य गीता चौधरीले थारु समुदायमा बढी देखिएको सिकलसेललाई समयमै नियन्त्रण गर्न नसकेमा यसले थप भयावह स्थिति सृजना हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

शनिबारदेखि सञ्चालित रगत परीक्षण शिविर १० दिनसम्म सञ्चालन हुने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले बताउनु भयो । यस अवधिमा रानाथारु र डगौरा थारु समुदायका १० वर्षदेखि २५ वर्ष उमेरसमूहका व्यक्तिहरूको रगत परीक्षण गरिने हुँदा सम्बन्धित वडाका लागि तोकिएको स्थान र समयमा गई रगत परीक्षण गर्न सम्बन्धित सबैलाई उहाँले अनुरोध गर्नुभयो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. जगदीश जोशी र महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले सिकलसेल रोगबारे जानकारी गराउनु भएको थियो । 

उद्घाटन कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले गर्नुभएको थियो । स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल र बेलौरीका स्वास्थ्यकर्मीहरूको टोलीले रगत परीक्षणका लागि नमुना लिने कार्य गरिरहेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>