Samriddhipost
२०८१ मङि्सर १० गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ०३ गते आइतबार

अबराेधका बाबजुट अबैध प्रचार सामाग्रि हटाउदै प्रवर्द्धन केन्द्र

शुक्लाफाँटा नगरपालिकाको बजार क्षेत्रमा रहेका सुर्तीजन्य तथा मदिराजन्य पदार्थका होर्डिङ्ग बोर्ड हटाइएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य प्रवद्र्धन कार्यालय महेन्द्रनरले शनिवार बनसमिति,
झलारी, कलुवापुर क्षेत्रमा लगाइएका सुर्तीजन्य तथा
मदिराजन्य पदार्थका होर्डिङ्ग बोर्ड हटाएको हो ।
सूर्तिजन्य र मदिराका बोर्ड राख्न प्रतिबन्ध रहेकाले बोर्डहरु हटाइएको प्रादेशिक स्वास्थ्य प्रबद्र्धन कार्यालयका प्रमुख हेमराज खड्काले बताए । उनका अनुसार कञ्चनपुरको गड्डाचौकीबाट सुरु भएको होर्डिङ्ग बोर्ड हटाउने कार्यक्रमअत्तरियाको मालाखेती सम्म जारी रहनेछ । शनिवार शुक्लाफाँटामा मात्रै करिब ८० भन्दा बढी सुर्ति तथा मदिराजन्य होर्डिङ्ग बोर्डहरु हटाइएका छन् ।

आगामी दिनहरुमा यस्ता कार्य दोहोरिए कारबाही गरिने कार्यालय प्रमुख खड्कालेबताए । ‘जिल्लाभर होर्डिङ बोर्ड हटाइरहेका छौं, फेरि मदिरा तथा सुर्तिजन्य पदार्थका बोर्ड राखिए त्यसमा संलग्नहरुलाई कारबाही समेत गर्ने छौं,’ उनले भने । सुर्तिजन्य तथा
मदिरा सेवन  नियन्त्रण सम्बन्धी ऐन २०६८ को दफा १० र ११ र प्रदेश जनस्वास्थ्य ऐन २०७६ को दफा ६२ र ६३  बमोजिम होटल तथा  सार्वजनिक स्थलहरुमा वयवसायका लागि राखिएका,टाँसिएका सुर्तिजन्य तथा मदिराजन्य होर्डिङ्ग बोर्ड तथा पोष्टरहरु स्थानीय सरकार,प्रहरी प्रशासन लगायतको सहयोगमा हटाएको उनले बताए ।
स्वास्थ्यको दृष्टिकोणले प्रतिकुल मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसार गर्ने रोक लगाउँदै सार्वजनिक स्थान, चोक चौराहा, होटल, पूर्वपश्चिम राजमार्ग छेउमा  राखिएका प्रचार सामग्रीहरू हटाउन थालेको केन्द्रका प्रमुख खड्काले जानकारी दिए ।

त्यस्ता सामग्रीको प्रचार प्रसार गर्न नपाइने कानुनी व्यवस्था लागू गर्न आम नागरिकलाई सचेत समेत गराउँदै आएका उनको भनाई छ । खड्काले भने,‘पहिलो पटकका लागि यो स्वास्थ्य प्रवर्द्धनको अभियान हो भने नियमित अनुगमन गरेर प्रचार सामग्री राखिएको पाइए कानुन अनुसार कारबाही गर्नेछौं।’
कञ्चनपुरका सुचना प्रविधि अधिकृत लाल प्रसाद न्यौपानेका अनुसार पहिलो पटक त्यस्ता सामग्री राखेको पसल, होटल सञ्चालकलाई सम्झाई बुझाई गरिएको छ स्थानिय जनप्रतिनिधि र प्रशासनको सहयोगमा सुर्ति तथा मदिराजन्य होर्डिङ्ग बोर्डहरु हटाउने काम भइरहेको तर शनिवार मात्रै केही उछिृङ्खल समुहले काम गर्न बाधा समेत गरेकाे उनले बताए ।

कार्यालयले मिन्सुरल कप समेत वितरण गरेको छ । महिलाहरु महिनावारी हुँदा रगत महिनावारी हुँदा प्रयोग हुने मेन्सुरल कप ’ वडा नम्बर ६ का वडाध्यक्ष दान बहादुर ऐरलाई ५० पिस वितरण गरिएको छ । यस्तै वडा नम्बर ११ का वडा सदस्य राजेश शाहीलाई पनि ५० पिस मेन्स्ट्रूअल कप वितरण
गरिएको छ । महिनावारि हुने महिलाहरुलाई उक्त मेन्सुरल कप वितरण गर्ने बिस्वासका साथ वडाका जनप्रतिनिधिहरुलाई बितरण गरिएकाे सुचना प्रबिधि अधिकृत लाल न्याैपानेले बताएका छन ।


#स्वास्थ्य प्रवर्घन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>