Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार ०३ गते आइतबार

संखुवासभा अपडेड कैलाली देखि संखुवासभा सम्मका बेपत्ता यी हुन ।

संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गएराति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ बर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेँवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले चैनपुर –४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी प्रमुख डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए । डिएसपी गोदारका अनुसार सुपर हेँवा हाइड्रोपावरका सन्तोस ढकाल (सुपरभाईजर) सुनसरी इटहरी ,भुवनसिंह तामाङ चैनपुर नगररपालिका –४, सुवास राई चैनपुर संखुवासभा,फैजबहादुर कार्की सुपरभाईजर झापा गौराहदह, गणेश गिरी धनकुटा पाख्रीवास, राजकुमार मगर ईलाम, मिना श्रेष्ठ झापा (भान्से), रामजतन थारु कैलाली, राहुल थारु बर्दिया, रोहित थारु बर्दिया, पुलसन थारु बर्दिया, कालीराम थारु बर्दिया, राजराम थारु बर्दिया, सुगत थारु कैलाली, अमर थारु कैलाली, सिता थारु कैलाली र दिपक मगर पाँचखपन संखुवासभा रहेका छन् । त्यस्तै गरी सभापोखरी गाउँपालिका – ३ सुनाम्लामा गोठ बगाउँदा ६० बर्षीय गणेश राईर ६१ बर्षीया सन्चमाया राई बेपत्ता हुनु भएको छ ।

चैनपुर नगरपालिका १ नुनढाकीमा बर्दिया नगरपालिकाका भिम चौधरी, अपर हेँवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नरपालिका –४ का ५० बर्षीय ज्ञान बहादुर लिम्बु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले बगाउँदा सुपर हेँवाखोला हाईड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ बर्षीय टिकाराम चौधरी र ३५ बर्षीय दिपकराज थारु रहेका छन् । गम्भीर घाइते दुबै जनाको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो ।

बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर भएको छ । भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीले तीन वटा पक्की पुलमा क्षति पुर्याएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र ससस्त्र प्रहरीको टोली खटिएका छन् । बाढी भौतिक संरचना बगाउँदा करोडौको क्षतिको भएको छ । घटनाको थप विवरण आउन बाँकी छ


#संखुवासभा बाढि पहिराे

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>