Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार ०४ गते सोमबार

किताब किन्न गएका बालक तीन दिनबाट बेपत्ता, भेटनेले सम्पर्क गरिदिन परिवारकाे आग्रह ।

तीन दिनदेखि कञ्चनपुर महेन्द्रनगरका एक बालक बेपत्ता भएका छन । भीमदत्त नगरपालिका १५ गोरबैयाका बालक रावल वेपत्ता भएका हुन । किताबको कबर किनेर ल्याउछु भनेर शनिबार साँझ ६ बजेतिर घरदेखि महेन्द्रनगर बजार आएका १५ बर्षिया दिपेश अहिलेसम्म परिवारको सम्र्पकमा आएका छैनन । बालकका काका प्रेम रावलले घरदेखि किताबको कबर किन्छु भनेर हिडेका भतिज अहिलेसम्म सम्पर्कमा नआएको बताए । स्थानीय महेन्द्रंनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल) कक्षा ९मा अध्ययनरत विद्यार्थी पढाईकै कामका लागि बजार आएर गायब भएपछि घर परिवारले खोजिका लागि प्रहरीमा निवेदन दिएका छन ।

गर्मी बढ्दै गएपछि आइतबारदेखि भीमदत्त नगरपालिकाले गर्मी विदा दिएसंगै रावलले विदाको मौका छोपेर किताबमा कबर किन्छु भनेर घरबाट बजार आएका थिए । ‘घरबाट बजार गएको केही समयपछि दिपेशको फोन स्वीच अफ भयो, ‘दिपेशका काका प्रेमले भने, ‘हामीलाई शंका लागेर प्रहरीमा निवेदन दिएर आफन्त, साथिभाईसंग सोधपुछ खोजिनीति गरिरहेका छौँ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीले परिवारको सम्पर्कमा नआएका बालकको खोजिकार्य भईरहेको बताए । ‘हामीले निवेदन पर्ने वित्तिकै विभिन्न यूनिटमा फोटो पठाउनेदेखि खोजि कार्य शुरु गरेका छौँ, ‘नेपाल तथा भारतमा समेत खोजि कार्य जारी रहनेछ ।’ घर परिवारले देख्ने वित्तिकै प्रहरी वा निम्न नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन । ९८४८८४०७८८, ९८४८७८९९८५, ९७४२३८५६०८मा सम्पर्क गरिदिन अनुरोध गरेका हुन ।


#बालक बेपत्ता

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>