Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ०५ गते मङ्गलबार

मन्त्रि सिह दुर्घटना अपडेट, थप उपचारका लागि काठमाडौं लगिदै

गाडी दुर्घटनामा घाइते सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहको अवस्था गम्भीर छ। दुर्घटनापछि उनी होशमा आउन सकेका छैनन्। पत्नी र भाउजुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लग्ने तयारी गरिएको छ।

आज दिउसो १: ४५ बजेको समयमा केदारस्यु गाउँपालिका-१ झारछडास्थित जयपृथ्बी राजमार्गमा डडेल्धुराबाट चैनपुर बझाङ तर्फ जादै गरेको सु.प.प्र.०१००१ झ ४८० नं.को गाडी दुर्घटनाग्रस्त भएको हो।

मन्त्री सिंह सवार गाडी एक्कासी सडकबाट करिब ३५-४० मिटर तल कालङगा नदीको किनारमा खसेको प्रहरीले जनाएको छ।

तत्काल प्रहरी टोली खटिएर घाइते हरुलाई उपचारको लागि रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा लगिएको थियो।

घाईतेहरुलाई थप उपचारको लागि काठमाण्डौ लैजाने तयारी भईरहेको जनाइएको छ।

घाईतेहरुः-

१.चालक बर्ष अ.३५ को धर्म राज जोशी अवस्था मध्यम।

२.जि.बझाङ जपृथ्बी न.पा. १० बस्ने सु.प.प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री बर्ष अ.५५/५६ का पृथ्बी बहादुर सिंह अवस्था सिरियस।

३.ऐ.ऐ.बस्ने बर्ष अ.५० की अमृता सिंह (मन्त्रीको श्रीमती )अवस्था सिरियस।

४.बर्ष अ. ६०/६५ की जया देवी सिंह अवस्था सिरियस।

५.सुरक्षार्थ खटिएको प्रहरी सहायक हवल्दार दिपक भण्डारी अवस्था सिरियस।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>