Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ०५ गते मङ्गलबार

दुर्घटनामा परेका मन्त्री सहित परिवारकै ३ जनाकाे मृत्यु ।

बझाङमा भएको दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह, सिहकि पत्नी र उनकी भाउजुको मृत्यु भएको छ।

मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजु ६० वर्षीया जयादेवी सिंहको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको केदारस्युँ गाउँपालिका–१ का अध्यक्ष विरबहादुर भण्डारीले जानकारी दिए।

‘दुई जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेका छन्, मन्त्री ज्यूसहित तीन जनालाई हेलिकप्टरमार्फत भर्खरै लगिएको छ,’ स्वास्थ्य केन्द्रमा रहेका अध्यक्ष भण्डारीले भने।

गम्भिर घाइते कानूनमन्त्री सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी र पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीसहित तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर लगिएको छ।

मंगलबार दिउँसो बझाङ केदारस्यु गाउँपालिका १ झारछडा स्थित जयपृथ्बी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। दुर्घटनाकाे हुनुकाे कारण खुलि सकेकाे छैन ।

डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु प प्र ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्बी बहादुर सिंहसहित ५ जना सवार थिए। गाडी सडकबाट अन्दाजी ३५-४० मिटर तल कालङगा नदीको किनारमा खसी दुर्घटना भएको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>