Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० असार ०७ गते बिहिबार

दोधारा चाँदनीमा सुद्दढ परियोजनाले बाढीको जोखिममा रहेका समुदायलाई सघाउदै

दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले गरेको कार्यको स्थलगत अनुगमन गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले गरेको कार्यको प्रगतीको स्थलगत अनुगमन गरिएको हो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले बिपद्को पुर्व तयारी, बिपद्को बेला खोज उद्धार र बिपद् आएको बेला उनिहरुको ब्यवस्थापन तथा पुर्नस्थापना लगाएत कार्यमा कार्य गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, ९ र १० वडाहरु बाढीको उच्च जोखिममा रहेका वडाहरु हुन् । बाढीको जोखिममा रहेको समुदायको जिविकोपार्जन तथा आयआर्जन उत्थानशितलता बनाउन सुद्दढ परियोजनाले नगर क्षेत्रमा छरिएर रहेका कृषी समुह तथा सामुदायिक बिपद् ब्यवस्थापन समिति मार्फत बिभिन्न सहयोग गर्दै आएको छ् । बाढीमा स्थानीय पूर्वतयारी, जोखिमको सञ्चार र प्रभावकारी समन्वयका लागि स्थानीय विपद् जोखिम व्यवस्थापन समितिहरु र स्थानीय आपतकालीन उद्धार केन्द्रहरु महत्वपूर्ण हुनसक्ने भएकाले स्थानीय सरकार संग समन्वय गरि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ् । सुद्दढ परियोजना संचालनको लागी नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लाई डिसीए नेपालले सहयोग गर्दै आएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार लगाएतको टोली आज दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका कृषी समुह तथा सामुदायिक बिपद् ब्यवस्थापन समितिको अवस्था र परियोजनाकले गरेको कामको मुल्यांकनको लागी अनुगमन गरेका छन् । अनुगमन टोलीले दोधारा चाँदनी– ८ सुन्दरनगरमा सुन्दर कृषक समुहले जिविकापार्जको लागी गरिएको टनेल खेती, परवल खेती, बंगुर पालन, बाख्रा पालन, वडा नं. १० को कुतियाकवर र अठार नम्वर पिल्लर बस्तीमा सेभ हाउस, बेमौसी खेती, परवल खेती, वडा नं. ९ मा ईन्टरलोक ब्लक मसिनले निमार्ण गरेको ब्लकको स्थलगत अनुगमन संगै स्थानियहरु संग भेट गरेको छ् । समुदायका रहेका कृषी समुह तथा सामुदायिक बिपद् ब्यवस्थापन समिति संग छलफल र आगामी योजनाको बारेमा अन्तरक्रिया समेत गरिएको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । परियोजनाले दोधारा चाँदनी नगर क्षेत्रमा महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिवीकापार्जन संगै बाढी आएको बेला र पुर्व तयारीको लागी बिभिन्न सहयोग र तालिमहरु संचालन गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुमा जिवीकोपार्जनको निम्ती स्थानियहरुलाई कृषी क्षेत्रमा आवद्ध गराएर उत्पादन बढाउने कार्य संग बिपद्को बेला कसरी बच्ने तथा बचाउने भन्ने बिषयमा स्थानिय स्तरमा बिभिन्न जनमुखी कार्यक्रम संचालन गर्दै आएको छ् । नगरपालिका क्षेत्रमा परियोजनाले विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउनुको साथै स्थानियहरुको जिवीकापार्जन तथा मझौला खालका ब्यवसायीहरुलाई सघाउदै आएको छ् । अनुमगन टोलीले दोधारा चाँकदनी नगरपालिका बिभिन्न वडामा परियोजना गरेको कार्यको अनुगमन संगै प्रगतीको बिबरण संकलन समेत गरेको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको ‘बि रेडी’ परियोजनाले नगर क्षेत्रको बाढीको उच्च जोखिममा रहेका वडा नं ८, ९ र १० मा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन मोवाईल एप मार्फत सर्वेक्षण समेत गरिसकेको छ् ।


#सुदृढ परियाेजना

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>