दोधारा चाँदनी नगरपालिका वडा नं. ६ वडा कार्यालयले किसानहरुलाई कृषि सामाग्री बितरण गरेको छ । कृषकहरुका माँग र आवश्यक्ताका आधारमा दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयले वडामा रहेका कृषी समुह मार्फत किसानहरुलाई स्प्रे टंकी बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जनाएका छन् । वडामा रहेका १३ वटा कृषक समुह मार्फत कृषकहरुलाई ५२ थान स्प्रे टंकी बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् । कमलशा आधारभुत बिद्यालय परिसरमा एक कार्यक्रमको बिच उक्त कृषी सामग्री बितरण गरिएको हो । वडा भित्र रहेको कृषी कार्यालयमा दर्ता भएका समुहहरु मर्फत किसानलाई कृषी सामग्री बितरण गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले उत्पादनलाई ब्यवसायीकरण गर्दै आत्मनिर्भरका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिएका थिए । सामाग्रीको सही प्रयोग गरि उत्पादन बढाउन वडाध्यक्ष बस्नेतले सुझाव दिएका छन् । कृषकलाई हरेक कृषि सम्बन्धि ज्ञान र सीप सहित आयआर्जनमा जोडिने प्रकारको कार्यक्रम संचालनमा ल्याउने आफ्नो योजना रहेको बताएका छन् । वास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने वडा कार्यालयको नीति तथा कार्यक्रम रहने वडाध्यक्ष बस्नेतले जानकारी दिए । उनले कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जाने कार्यक्रममा बताएका छन् । कृषकको उत्पादनलाई वृद्धि गर्नका लागि वडा कार्यालय सक्दो सहयोग गर्ने दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् । कृषि सामाग्री पाउदा किसान खुशी भएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया