Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ०७ गते बिहिबार

बजेट ल्याउनेमा शुक्लफाँटा नगरपालीका कंचनपुरमा पहिलाे, वडा अध्यक्ष उभिई रहे ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ८८ करोड ७ लाख ९६ हजार २ सय  बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा बिहीबार आयोजित १४ औँ नगर सभामा नगर उपप्रमुख कल्पना पन्त जोशीले बजेट प्रस्तुत गर्नु भएको हो । अधिवेशनबाट बिहीबार नै उक्त नीति तथा कार्यक्रम र बजेट पारित समेत गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र राज भट्टले जानकारी दिनुभयो ।

शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगर प्रमुख रणबहादुर महराले बताउनु भयो । नगर चक्रपथ, खानेपानी योजना, सेफ हाउस सञ्चालन, नगर स्तरीय कबर्ड हल, बसपार्क, कोल्ड स्टोर, हलियामुक्ति परिवारको घर निर्माण, छाडा पशु चौपाया व्यवस्थापन, लक्षित वर्ग विशेष कार्यक्रम, मागको आधारमा संस्कृति पर्यटन विकास तथा प्रवर्द्धन, सडक क्षतिपूर्ति मुआब्जा, एमबिबिएस अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति, विपद् व्यवस्थापन कोष, कर्मचारी कल्याण कोष, सडक मर्मत सम्भार कोष,  मेचिङ फण्ड लगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

त्यस्तै प्रत्येक वडालाई ४० देखि ५० लाख रकम विनियोजन गरिएको बताइएको छ । नगरपालीका वडा ८ का अध्यक्ष वहादुर सिह महरा बजेट प्रस्तुत हुदा वडामा बजेट थपिनु पर्ने माग सहित उभिएर साङ्केतिक बिराेध गरेकाे बताएका छन ।

कञ्चनपुरका ९ वटा स्थानीय तहहरू मध्ये आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने स्थानीय तह शुक्लाफाँटा नगरपालिका पहिलो बनेको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>