Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
२०८० असार ०७ गते बिहिबार

दोधारा चाँदनी अस्पतालले सुरु गर्‍यो शल्यक्रिया सेवा : स्वास्थ्य क्षेत्रमा ठुलो फड्को

दोधारा चाँदनी नगरपालिकाको नगर अस्पतालमा शल्यक्रिया सेवा सुरु गरिएको छ् । दोधारा चाँदनी नगर अस्पतालमा आज एक कार्यक्रमको बिच शल्यक्रिया सेवा सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा दोधारा चाँदनी अस्पताल ब्यवस्थापन समितिका संयोजक ओंम बस्नेतले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले उक्त सेवाको बिधिवतरुपमा उद्धघाटन गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारले अस्पतालले संचालनमा आएको शल्यक्रिया सेवा नगरबासीको लागी खुशीको बिषय रहेको बताउदै सामन्यरुपमा बच्चा जन्माउन नसकेर शल्यक्रियाबाट बच्चा जन्माउन तथा सामान्य शल्यक्रियाको लागी टाढा तथा महंगा अस्पतालमा जानु पर्ने बाध्यता टरेर गएको बताएका छन् । मेयर लिम्बुले वडाध्यक्ष तथा दोधारा चाँदनी अस्पताल ब्यवस्थापन समितिका संयोजक ओंम बस्नेत लगाएत स्वास्थ्यकर्मीको टोलीलाई धन्यबाद दिएका छन् । वडाध्यक्ष तथा दोधारा चाँदनी अस्पताल ब्यवस्थापन समितिका संयोजक ओंम बस्नेतले शल्यक्रिया संचालन भएपछि दोधारा चाँदनी अस्पतालले स्वास्थ्य क्षेत्रमा निकै ठुलो फड्को मारेको बताउदै अस्पताललाई दिनानुदिन अस्पताललाई चुनौती समेत थपिदै गएको उनले बताए । शल्यक्रिया सेवा सुरु गर्न सहयोग गर्ने सबैमा धन्यबाद दिदै वडाध्यक्ष बस्नेतले अस्पतालमा समयअनुकुल गर्नु पर्ने काम अझै धेरै रहेको बताएका छन् । अबका दिन देखि अस्पतालमा बच्चा जन्माउन नसकेर शल्यक्रियाबाट बच्चा जन्माउन शल्यक्रिया संग हाईड्रोसिल, एपेन्डिक्स लगाएत समस्या भएका बिरामीहरुलाई शल्यक्रिया सेवा सुबिद्या सुरु भए संगै स्थानियहरुले वडाध्यक्ष तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेत लगाएत स्वास्थ्यकर्मीको टोलीलाई धन्यबाद दिएका छन् । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, इसिजी सेवा, डिजिटल ल्याब, अन्तरंग सेवा, २४ घन्टे प्रसूति तथा अन्य सेवा सञ्चालनमा रहेको छ् । भ्यान्टीलेटर सेवाको तयारी अन्तिम भईरहेको छ् भने, रेविज तथा सर्पदंश लगाएत सेवा लगाएत सेवा प्रवाह गर्दै आएको दोधारा चाँदनी अस्पतालले जनाएको छ् । अस्पताललाई थप सुबिद्या सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्न दोधारा चाँदनी– ६ महाकाली नदीको छेउमा सुबिद्या सम्पन्न आधुनिक अस्पतालको भवनको निमार्ण कार्यले तिब्रता पाएको छ् । नगर क्षेत्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निकसाईमन नामक संस्थाले अस्पताललाई बिगतका दिनहरु देखि सघाउदै आएको छ् । दोधारा चाँदनी अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतको सक्रियताकै कारण प्राथमिक स्वास्थ्य केन्द्रमा बिभिन्न सेवा सुबिद्या संग नगर अस्पतालमा रुपान्तरण गरिएको स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>