चट्याङ लागेर बैतडीमा तीन पशुचौपाया मरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका १ कनेडापानीका प्रेमसिह भण्डारीले पालेका २ भैसी र १ बाख्रा मरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
बुधबार राति भण्डारीको घर नजिकै रहेको विद्युतको तारमा चट्टयाङ पर्न गई निजको घर गोठमा बाधेका २ ओटा भैसी एउटा बाख्रा मरेको हुन ।
उक्त चट्याङबाट दुई ओटा मोबाईल, बिधुतको मिटर बक्स, सम्पुर्ण घरको वाईरिङ तार जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै चट्याङका कारण दार्चुलाको महाकाली नगरपालिका ९ थाप्लाकी २८ वर्षीया की कौशा देवी धामी घाइते भएकी छन् । घाइते कौशाको दाहिने हात, खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । धामीको स्थानिय थाप्ला स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । बिहिबार बिहान परेको चट्याङले कैशाले पालेको एक भैंसी मरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया